मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नेपाल अफ्रिका फिल्म फेस्टिवलमा १८ चलचित्र 

नेपाल-अफ्रिका फिल्म फेस्टिवल (नाफ) को नवौं संस्करण यही वैशाख १० गते शुक्रबार सुरु हुने भएको छ।
 |  बुधबार, वैशाख ८, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं- नेपाल अफ्रिका फिल्म फेस्टिवल (नाफ) को नवौं संस्करण यही वैशाख १० गते शुक्रबार सुरु हुने भएको छ। महोत्सव काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थान नाचघरमा तीन दिनसम्म चल्नेछ। 

triton college

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनको आयोजनामा वर्षेनी हुँदै आएको यस महोत्सबमा यसपटक नेपाल र अफ्रिकाको सिनेमा एवम् संस्कृतिका बारेमासमेत एक दिने बहस हुने भएको छ। बहसमा नेपाल र अफ्रिकाबाट आएका सिनेकर्मीहरुले आफ्ना कार्यपत्रहरु प्रस्तुत गर्नेछन्। 

महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रले नेपाल र अफ्रिकी महाद्विपलाई चलचित्रको माध्यमबाट सांस्कृतिक रुपमा जोड्न र आपसी सांस्कृतिक आदान प्रदानका लागि बिगत नौ वर्षदेखि यो महोत्सब आफूहरुले आयोजना गर्दै आएको बताएकी छन्। 

मिश्रका अनुसार यो वर्ष कोभिडले पारेको नेपाली र अफ्रिकी सिनेमा बजारको प्रभावबारे पनि कार्यशालामा बहस हुनेछ। अफ्रिकी मुलुकका सिनेमा निर्माण शैली र नेपाली सिनेमा निर्माण शैली, नेपाली सिनेमामा सांस्कृतिक अवस्थालगायतका विषयमा पनि बहस हुने भएको छ। महोत्सबको अन्तिम दिन १२ वैशाख बिहान १०ः३० बजेबाट दिउँसो ३ बजेसम्म नेपाली र अफ्रिकन चलचित्रको बारे बहस हुने पनि अध्यक्ष मिश्रले जानकारी दिइन्।

गत डिसेम्बरमा हुनु पर्ने यो महोत्सब कोभिड–१९ कै कारण वैशाखमा गर्न लागिएको हो। नेपाल अफ्रिका फिल्म फेस्टिबलका निर्देशक डब्बु क्षेत्रीका अनुसार महोत्सबका लागि नेपालबाट ७ वटा चलचित्र चयन भएका छन्। जसमा एउटा बृत्तचित्र र बाँकी लघू चलचित्र छन्। 

Metro Mart
vianet

नेपालबाट चयन भएका चलचित्रहरुमा निर्देशक गणेश पाण्डेको ‘हज्बेन्ड’, निर्देशक हिमाल उप्रेतीको ‘आमा’, निर्देशक माधवराज खरेलको ‘दुर्गामान्डु’, गणेशजंग रावलको ‘सम्साया’, सजल लोप्चनको ‘गाइड’, पुरुषोत्तम बस्नेतको ‘सुरक्षा’, निपिल शर्माको ‘द फाइनल फेयर वेल’ र युनिषराज उप्रेतीको ‘बाटोमा’ रहेका छन्। 

नेपाल र अफ्रिकाका विभिन्न मुलुकबाट प्राप्त भएका करिब ७० वटा चलचित्रमध्ये निर्णायक समूहले जम्मा १८ वटा लामा छोटा चलचित्र चयन गरेको छ। जसमा चलचित्र, लघु चलचित्र र बृत्तचित्र छन्। 

महोत्सबका बाँकी चलचित्रहरु अफ्रिकी मुलुकबाट चयन भएका हुन्। जसमा जिम्वावेबाट ‘गुड म्यान’, ‘थन्डिज् डायरी’, इजिप्टबाट ‘बबल्स्’, ‘ड्राई हट समर’, ‘एक्जिट’ र ‘द स्पारो किड्स’ छन्। 

यस्तै नामिभिया/ब्राजिलबाट ‘बडी गेम्स’, स्विट्जरल्यान्ड र रुवान्डाबाट ‘इम्फुरा’, तान्जानियाँ/चीनबाट ‘तजारा’ र सेनेगलबाट ‘गोल्डेन फिस’ चयन भएका छन्।

महोत्सबमा चलचित्र प्रदर्शन, अफ्रिकी खाना महोत्सब, अफ्रिकी पहिरन प्रदर्शन, नेपाली र अफ्रिकी सांस्कृतिक झाँकी प्रस्तुत हुने पनि बताइएको छ।

प्रकाशित: Apr 21, 2021| 10:07 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्