शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ​​​​​​​नेदरल्यान्ड्सले मलेसियालाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

​​​​​​​नेदरल्यान्ड्सले मलेसियालाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

मौसम खराब भएका कारण १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्यान्ड्सले प्रतिस्पर्धात्मक लक्ष्य पेस गरेको हो।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं – त्रिदेशीय टी २० क्रिकेट शृंखलाअन्तर्गत बुधबार जारी खेलमा टस जितेर फिल्डिङ राजेको मलेसियाले १०८ रनको प्रतिस्पर्धी लक्ष्य पाएको छ।

मौसम खराब भएका कारण १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्यान्ड्सले प्रतिस्पर्धात्मक लक्ष्य पेस गरेको हो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेदरल्यान्ड्सले सात ओभर छोट्याइएको खेलमा चार विकेट गुमाएर १०७ रन बनाएको थियो।

नेदरल्यान्ड्सका लागि बेन कुपरले अविजित ५४ रन बनाए भने पिइटर सिलरले ३७ रन जोडे। त्यस्तै एन्टोनियसले पाँच बलमा १० रन जोडे।

मलेसियाका लागि मोहम्मद वाफिकले दुई विकेट लिए। यस्तै प्रविनदीप सिंह र विरन्दीप सिंहले समान १–१ विकेट लिए।

पहिलो र दोस्रो खेलमा हार बेहोरेको मलेसियालाई आज जित निकाल्नैपर्ने दबाब छ। पराजित भएमा फाइनलमा पुग्ने अन्तिम अवसर गुम्नेछ।

जित निकाल्न सके नेदरल्यान्ड्स भने फाइनल पुग्नेछ। नेदरल्यान्ड्सले जितेमा नेपाल पनि फाइनलमा पुग्नेछ र मलेसिया बाहिरिनेछ। अहिले नेपाल र नेदरल्यान्ड्सको समान ४–४ अंक छ भने मलेसियाले खाता खोल्न सकेको छैन।
 

प्रकाशित: Apr 21, 2021| 09:27 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।