शुक्रबार, असार २६, २०८३

नेपाल-भारत मैत्रीपूर्ण महिला टी-२० सिरिज स्थगित

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले २०२१ को अप्रिल तेस्रो सातादेखि हुने घोषणा गरेको नेपाली महिला राष्ट्रिय क्रिकेट टिम र उत्तराखण्ड महिला क्रिकेट टिम भारतबीचको मैत्रिपूर्ण टी-२० र एक दिवसीय सिरिज स्थगित भएको छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले २०२१ को अप्रिल तेस्रो सातादेखि हुने घोषणा गरेको नेपाली महिला राष्ट्रिय क्रिकेट टिम र उत्तराखण्ड महिला क्रिकेट टिम भारतबीचको मैत्रिपूर्ण टी-२० र एक दिवसीय सिरिज स्थगित भएको छ।

क्यानले गत हप्ता सम्पन्न बोर्ड बैठकमा भारतको उत्तराखण्डसँग टी–२० र एक दिवसीय मैत्रीपूर्ण महिला क्रिकेट आयोजना गर्ने निर्णय गरेको थियो। आइतबार बसेको बैठकले आगामी अप्रिल तेस्रो साताबाट मैत्रीपूर्ण खेल खेलाउने निर्णय गरेको क्यानले जानकारी दिएको थियो।

तर, आज अर्को विज्ञप्ती जारी गर्दै प्रतियोगिता स्थगित भएको जनाएको हो।

क्यनले सोही बैठकबाट डेढ वर्षदेखि रिक्त महिला राष्ट्रिय टिमको प्रशिक्षकमा जगत टमटालाई नियुक्त गर्ने निर्णय गरेको थियो।

मैत्रीपूर्ण खेल आयोजना गर्ने निर्णय भए पनि क्यानले अहिलेसम्म महिला टिमको बन्द प्रशिक्षणका लागि खेलाडी छनोट भने गरेको छैन।

प्रकाशित: Apr 21, 2021| 07:54 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।