शनिबार, वैशाख २७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • धरहराको आधा काम बाँकी, प्रधानमन्त्री ओलीलाई शिलालेखमा नाम लेखाउने हतार

धरहराको आधा काम बाँकी, प्रधानमन्त्री ओलीलाई शिलालेखमा नाम लेखाउने हतार

निर्माणकाे जिम्मा पाएकाे रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर श्यामकृष्ण श्रेष्ठ भन्छन्, ‘प्रधानमन्त्रीले यति चाँडै उद्घाटन गर्न खोजेपछि सकेसम्म स्तम्भको कामचाहिँ सकौं भनेर लागिपरेका छौं।’
 |  बुधबार, वैशाख ८, २०७८
nespernesper

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

बुधबार, वैशाख ८, २०७८

vianetvianet

२०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएको धरहरा नयाँ स्वरूपमा घुम्टो खोल्ने तरखरमा छ। धरहराको टुप्पो देखिन थाले पनि ५० प्रतिशतभन्दा बढी काम गर्नै बाँकी छ। प्रधानमन्त्री केपी शर्मा ओली भने उद्घाटन गरिहाल्ने हतारमा छन्।

triton college

काठमाडौं– काठमाडौंको धरहरा पुनर्निर्माणमा खटिएका श्रमिकलाई यति बेला भ्याइ-नभ्याइ छ। उनीहरू निकै हतारमा काम गरिहेका छन्। कतिपय ठाउँमा ठूलै त्रुटि भयो भने पनि सच्याउने फुर्सदै छैन उनीहरुलाई।

निर्माणको ठेक्का पाएको रमन कन्स्ट्रक्सनले रातिको समयमा पनि श्रमिक खटाइरहेको छ। वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने निधो भएसँगै कामदारलाई चटारो परेको हो। 

धरहराको कम्तीमा स्तम्भको काम सक्न प्रधानमन्त्री कार्यालयबाट दबाब आएपछि दिनरात दुवै सिफ्टमा काम भइरहेको कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर श्यामकृष्ण श्रेष्ठ बताउँछन्।

म्यानेजर श्रेष्ठका अनुसार बाहिरबाट आकृति देखाउने र भित्र जुन तलामा प्रधानमन्त्रीले अवलोकन गर्ने हो त्यही तलाको मात्रै काम सक्ने गरी निर्माण भइरहेको छ। उनी भन्छन्, ‘प्रधानमन्त्रीले यति चाँडै उद्घाटन गर्न खोजेपछि सकेसम्म स्तम्भको कामचाहिँ सकौं भनेर लागिपरेका छौं।’

National life insurance

पुरानै स्वरुपको जस्तो लाग्ने २२ तले धरहराको बाहिरी रङरोगनको काम सकिनै लागेको छ। बत्ती जडान र भित्री कोठाको काम धमाधम भइरहेको छ। 

श्रेष्ठका अनुसार प्रधानमन्त्रीले धरहराको वैशाख ११ गते उद्घाटन गरे पनि अझै सात महिना सर्वसाधारणका लागि खुला हुने छैन। धरहरा ठड्याउन काम पूर्ण रुपमा नसकिएको उनको भनाइ छ। श्रेष्ठ भन्छन्, ‘पार्किङ, उद्यान, म्युजियम लगायतका संरचनाका काम ५० प्रतिशतभन्दा बढी भएका छैनन्। सबै सक्न ढेड वर्षजति लाग्नेछ।’ 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अधिकारी पनि धराहराको स्तम्भबाहेक अन्य काम ५० प्रतिशत मात्रै भएको बताउँछन्। प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले भने, ‘धरहरा स्तम्भ निर्माण कार्यचाहिँ ९८ प्रतिशत सकिएको छ।’ 

बाँकी काम आगामी मंसिर मसान्तसम्ममा सक्ने योजना रहेको उनी बताउँछन्। मानन्धरका अनुसार अहिले गाडी पार्किङ क्षेत्रमा ढलान भइरहेको छ। पार्किङ चार सय वटा मोटरसाइकल र चार सय वटा साना गाडी अट्ने क्षमताको छ।

प्रधानमन्त्रीले उद्घाटनका लागि हतार देखाएको भन्दै निर्माण कम्पनी र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अधिकारी असन्तुष्ट छन्। दुवै पक्षले मंसिरमा उद्घाटन गर्ने गरी काम गरिररहेका थिए। उद्घाटन भए पनि मंसिरअघि सर्वसाधारणका लागि धरहरा खुला गर्न नसकिने उनीहरुको भनाइ छ। उद्घाटन प्रधानमन्त्रीको रहरका लागि मात्रै हुने देखिएको प्राधिकरणकै एक कर्मचारी बताउँछन्। 

अहिलेसम्म धरहरा निर्माणमा एक अर्ब ६७ करोड रुपैयाँ खर्च भएको छ। निर्माण कम्पनीले तीन अर्ब ४८ करोड रुपैयाँमा ठेक्का लिएको थियो। एक अर्ब ८१ करोड रुपैयाँ अझै खर्च हुन बाँकी छ। यसबाट पनि धरहराको काम कति भयो र अझै कति बाँकी छ भन्ने प्रस्ट हुने निर्माण कम्पनीका एक इन्जिनियर बताउँछन्।

भूकम्पले क्षतिग्रस्त भएको धरहराको प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते शिलान्यास गरेका थिए। प्राधिकरणका एक अधिकारी भन्छन्, ‘प्रधानमन्त्री ओली आफैंले शिलान्यास गरेको धरहरा आफैंले जस लिन खोजेजस्तो देखिन्छ।’

रमन कन्स्ट्रक्सनले दुई वर्षमा काम सक्ने गरी जिम्मा पाएको थियो। तर, कोरोना महामारी र लकडाउनका कारण निर्माण कार्य लम्बिएपछि नौ महिना म्याद थपिएको म्याद असारमा सकिँदै छ। तर, असारमा पनि काम नसकिने देखिएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुससम्मको म्याद दिएको छ। 

धरहरा पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमै ‘मेरो धरहरा म बनाउँछु’ अभियान सुरु गरेका थिए। २०७३ असार २९ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्त्व विभागसँगको समन्वयमा धरहरा निर्माण गर्ने जिम्मा टेलिकमलाई दिएको थियो। 

टेलिकमले धरहरालाई व्यावसायिक रूपमा सञ्चालन गर्ने प्रस्ताव गरेपछि पुरातत्त्व विभागले अस्वीकार गरेको थियो। टेलिकमले हात झिकेपछि सरकारले धरहरा निर्माण जिम्मा प्राधिकरणलाई दिएको थियो।

यस्तो हुनेछ धरहरा 

कुल उचाइ २४५ फिट रहेको धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङलगायतका सुविधा हुनेछन्। धरहरा परिसर ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ। 

धरहरामा चढ्ने र ओर्लिने गरी दुईतर्फी लिफ्ट राखिनेछ। २०औं तलामा काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सिसाले घेरिएको भ्यु डेक बनाइएको छ। 

धरहरा निर्माणसँगै यसको छेउमा अत्याधुनिक तीनतले सवारी पार्किङ स्थल पनि बन्नेछ पार्किङ क्षेत्रमाथि मनोरम बगैंचा समेत निर्माण गरिने योजना छ।  

पहिलेको गोश्वारा हुलाक कार्यालयमा प्रवेशद्वार हुनेछ। प्रवेश गरेपछि त्यहाँबाट दुई तलामुनि गएर लिफ्टबाट माथिल्लो भागमा जान सकिनेछ। 

पुनर्निर्माणका क्रममा सुन्धारा पनि मर्मत गरिनेछ। त्यस क्रममा यसको पुरातात्त्विक महत्त्वलाई कायम राखिनेछ।

 

प्रकाशित: Apr 21, 2021| 07:33 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।