सोमबार, असार २९, २०८३

पहिरोले अवरुद्ध मुग्लिन सडक खुल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
चितवन- पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । 

निर्माणाधीन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ६ स्थित चारकिलो भन्ने स्थानमा आइतबार अपराह्न ४ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । 

तीनवटा स्काभेटरको प्रयोग गरेर पहिरो हटाएपछि  अाइतबार बेलुकाबाटै सडक सञ्चालनमा अाएको चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए । 

वर्षा लागेसंगै नारायणगढ–मुग्लिन सडकखण्डमा अत्याधिक पहिरो खस्ने गरेको छ । पहिरोकै कारण हरेक दिनजसो बाटो अवरुद्ध हुने गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।