आइतबार, साउन १७, २०८३

मध्यपश्चिम विश्वविद्यालयका परीक्षा पुनः स्थगित

मध्यपश्चिम विश्वविद्यालयले असामान्य परिस्थितिका कारण पूर्वनिर्धारित परीक्षाका कार्यक्रमहरु पुनः स्थगित गर्नुपरेको जनाएको छ।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

काठमाडौं– मध्यपश्चिम विश्वविद्यालयले असामान्य परिस्थितिका कारण पूर्वनिर्धारित परीक्षाका कार्यक्रमहरु पुनः स्थगित गर्नुपरेको जनाएको छ। 

विश्वविद्यालयले भौतिक रुपमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको भए पनि विद्यार्थी संगठनले अनलाइन परीक्षाको माग गर्दै आन्दोलन गरेपछि अर्को एक हप्ताका लागि परीक्षा स्थगन गरिएको हो।

विद्यार्थी संगठनहरु र मध्यपश्चिम विश्वविद्यालय उच्चस्तरीय समस्या समाधान समितिबीच विगत केही दिनदेखि विद्यार्थीका मागप्रति आवश्यक वार्ता र छलफल निरन्तर भइरहे पनि सहमति जुट्न नसकेकाले तत्काल परीक्षा स्थगित गर्नुपरेको परीक्षा व्यवस्थापन कार्यालयले जनाएको छ। 

प्रकाशित: Aug 03, 2021| 15:46 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्