शुक्रबार, असार २६, २०८३

रियल मड्रिडका अध्यक्षले भने– फुटबल बचाउन सुपर लिग आएको हो

युरोपमा विवादित बनेको नयाँ फुटबल लिग युरोपियन सुपर लिगबारे रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सुपर लिग फुटबल बचाउनका लागि जन्माइएको बताएका छन्।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं– युरोपमा विवादित बनेको नयाँ फुटबल लिग युरोपियन सुपर लिगबारे रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सुपर लिग फुटबल बचाउनका लागि जन्माइएको बताएका छन्।

खाली रहेको मिडविकमा खेल गर्नका लागि भर्खरै मात्र युरोपियन सुपर लिगको प्रस्ताव अघि बढाइएको छ। त्यसमा रियल मड्रिडसहित १२ ठूला युरोपियन क्लबले सहभागिता जनाउने बताएका छन्।

पेरेजले आफ्नो क्लब पनि आउँदो प्रतियोगितामा भाग लिने बताउँदै यसले युवालाई आकर्षण गर्ने बताएका छन्। ‘खेलको गुणस्तर कम भइरहेका कारण अहिलेको खेलमा युवाहरुको आकर्षण घट्दो देखिन्छ। यसलाई पूरा गर्नका लागि मिडविक खेल आवश्यक छ,’ उनले भने।

उनले थपे, ‘जहाँ परिवर्तन हुन्छ, त्यहाँ विरोध हुनु स्वभाविक हो। स्पेनबाट रियलसँगै बार्सिलोना पनि सुपर लिगमा आबद्ध हुने बताएको छ।’

यता इंग्ल्यान्डका आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनहम हट्सपरले पनि सहभागिता लिने बताएको छ। त्यस्तै, बायर्न लगायत अन्य क्लबले पनि सहभागी बन्ने बताउँदै आएका छन्।

अहिलेको लिगको अवधारणामा शीर्ष क्लबहरुले पैसा गुमाउन थालेको र नयाँ मोडल आवश्यक पर्न थालेको बताएका छन्। ‘यो अवस्थामा हामी फुटबल बचाउन काम गरिरहेका छौं,’ पेरेजले भने, ‘यदि हामी च्याम्पियन्स लिगको मात्र भर पर्यौ भने त्यसको महत्व कम हुँदै जानेछ।’

सुपर लिगबारे इंग्ल्यान्डका प्रधानमन्त्री बोरिस जोन्सनको पनि ध्यान केन्द्रित भएको छ। उनले फुटबल क्लब र संघहरुसँग बैठक बसेर निर्णय गर्ने बताएका छन्।
 

प्रकाशित: Apr 21, 2021| 07:01 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।