शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • त्रिदेशिय टी-२० क्रिकेट : पहिलो जितको खोजीमा मलेसिया, नेदरल्यान्ड्सको फाइनल पुग्ने दाउ

त्रिदेशिय टी-२० क्रिकेट : पहिलो जितको खोजीमा मलेसिया, नेदरल्यान्ड्सको फाइनल पुग्ने दाउ

नेपालमा जारी त्रिदेशिय टी-२० क्रिकेट शृंखलामा आज निर्णायक खेल हुँदैछ। आजको मलेसिया र नेदरल्यान्ड्सबीचको खेलले नेपालमा लागि पनि फाइनलमा पुग्नका लागि महत्वपूर्ण सावित हुन सक्नेछ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं - नेपालमा जारी त्रिदेशिय टी-२० क्रिकेट शृंखलामा आज निर्णायक खेल हुँदैछ। आजको मलेसिया र नेदरल्यान्ड्सबीचको खेलले नेपालमा लागि पनि फाइनलमा पुग्नका लागि महत्वपूर्ण सावित हुन सक्नेछ।

आजको मलेसिया र नेदरल्यान्ड्सबीचको खेल नेपाल फाइनलमा पुग्नका लागि पनि निर्णयक सावित हुन सक्नेछ। मंगलबारको खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएपछि घरेलु टिम फाइनल पुग्नबाट चुकेको थियो।

यससँगै केही जटिल बनेको फाइनलको समीकरण आजको खेलमा जित निकाल्दै मलेसिया थप जटिल बनाउन चहान्छ।

अहिले समान ३/३ खेल खेलेका नेपाल र नेदरल्यान्ड्सको समान ४–४ अंक छ। मलेसिया भने दुई खेलमै पराजित भएको छ।

मलेसियाको दुई खेल बाँकि हुँदा नेपाल र नेदरल्यान्ड्सको एक/एक खेल मात्र बाँकि छन्। त्यसैले आजको खेलमा मलेसियाले जित निकाले फाइनल पुग्ने टिमको टुंगो लाग्ने छैन्।

तर, नेदरल्यान्डले जित निकालेको अवस्थामा तीन जितका साथ नेदरल्यान्ड्स फाइनलमा पुग्नेछ भने दुई जित निकालेको नेपाल पनि फाइनलमा पुग्नेछ।

त्यसपछि मलेसियाको एकमात्र खेल बाँकि रहने भएकाले त्यसको जित हारले फाइनलमा पुग्ने समिकरण परिवर्तन हुने छैन्। यसकारण आजको खेल नेपालका लागि पनि महत्वपूर्ण छ।

प्रकाशित: Apr 21, 2021| 02:12 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।