शुक्रबार, असार २६, २०८३

जर्मन बुन्डेसलिगा : बायर्नको जित, अर्को खेलमा लाइप्जिक पराजित

जर्मन बुन्डेसलिगाको मंगलबार राति सम्पन्न खेलमा सविक विजेता बायर्न म्युनिकले २–० गोलको जित निकालेको छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं – जर्मन बुन्डेसलिगाको मंगलबार राति सम्पन्न खेलमा सविक विजेता बायर्न म्युनिकले २–० गोलको जित निकालेको छ।

बायर्नको मैदानमा सम्पन्न खेलमा उसले पाहुँना टिम बायर लिवरकुसनलाई दुई गोलले हराएको हो।

बायर्नको जितका लागि एरिक म्याक्सिम चुपोमोटिङ र जोसुवा किमिचले गोल गरे। तर, खेलको ६१ प्रतिशत बलमा कब्जा जमाएको बायर्नले २४ प्रहार गरे पनि आठ प्रहार मात्र लिवरकुसनको पोस्टसामू गएको थिए।

त्यसमाध्ये दुई बलले मात्र पोस्ट भित्रको गति लिए। यता लेवरकुसनले सात प्रहार गरे पनि गोलमा परिणत हुन सकेन। यससँगै बायर्नले शीषैस्थानमा ७१ अंक बनाउँदै १० अंकको अग्रता लिएको छ। लेवरकुसन छैटौं स्थानमा छ।

यता दोस्रो स्थानमा रहेको आरबी लाइप्जिकले भने कोल्नसँग २–१ गोलको हार बेहोरेपछि ६१ अंका सिमित भएको छ। कोल्नको मैदानमा गएराति भएको खेलमा लाइप्जिकले हार बेहोरेको थियो।

प्रकाशित: Apr 21, 2021| 01:41 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।