काठमाडौं – जर्मन बुन्डेसलिगाको मंगलबार राति सम्पन्न खेलमा सविक विजेता बायर्न म्युनिकले २–० गोलको जित निकालेको छ।
बायर्नको मैदानमा सम्पन्न खेलमा उसले पाहुँना टिम बायर लिवरकुसनलाई दुई गोलले हराएको हो।
बायर्नको जितका लागि एरिक म्याक्सिम चुपोमोटिङ र जोसुवा किमिचले गोल गरे। तर, खेलको ६१ प्रतिशत बलमा कब्जा जमाएको बायर्नले २४ प्रहार गरे पनि आठ प्रहार मात्र लिवरकुसनको पोस्टसामू गएको थिए।
त्यसमाध्ये दुई बलले मात्र पोस्ट भित्रको गति लिए। यता लेवरकुसनले सात प्रहार गरे पनि गोलमा परिणत हुन सकेन। यससँगै बायर्नले शीषैस्थानमा ७१ अंक बनाउँदै १० अंकको अग्रता लिएको छ। लेवरकुसन छैटौं स्थानमा छ।
यता दोस्रो स्थानमा रहेको आरबी लाइप्जिकले भने कोल्नसँग २–१ गोलको हार बेहोरेपछि ६१ अंका सिमित भएको छ। कोल्नको मैदानमा गएराति भएको खेलमा लाइप्जिकले हार बेहोरेको थियो।