शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • डिफेन्डिङ च्याम्पियन मुम्बईको दोस्रो हार, दिल्ली दोस्रो स्थानमा

डिफेन्डिङ च्याम्पियन मुम्बईको दोस्रो हार, दिल्ली दोस्रो स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल)मा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले दोस्रो हार बेहोरेको छ। मंलबार राति चेन्नई रंगशालामा सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटलसँग ६ विकेटको हार बेहोरेको हो।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले दोस्रो हार बेहोरेको छ। मंलबार राति चेन्नई रंगशालामा सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटलसँग ६ विकेटको हार बेहोरेको हो।

टस तिजेर ब्याटिङ राजेको मुम्बईले पुरा ओभर खेल्दै नौ विकेटको क्षतिमा १३७ रन बनाएको थियो।

जसका लागि रोहित शर्माले ४४ र सूर्यकुमार यादवले २४ रन बनाए। इशान किसनले २६ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रर्दशन नगरेपछि दिल्लीले मुम्बईलाई सस्तैमा समेटेको थियो।

दिल्लीका अमिल मिश्राले चार विकेट लिँदा अवेश खानले दुई विकेट लिए। त्यस्तै, मार्कस स्टोइनिस, कागिसो रबाडा र ललित यादवले समान १–१ विकेट झारे।

जवाफी ब्याटिङमा दिल्लीले १३८ रनको लक्ष्य पाँच बाल बाँकि रहँदै चार विकेट गुमाएर पुरा गर्‍यो। जसका लागि शिखर धवनले सर्वाधिक ४५ रन जोडे।
स्टिभ स्मिथले ३३ तथा ललित यादवले २२ रन जोड्दा दिल्लीले खेल जित्यो।

मुम्बईका जयन्त यादव, जसप्रित बुमराह, राहुल चाहर र किइरोन पोलार्डले समान १–१ विकेट लिए।

यो जितसँगै दिल्लीले चार खेलबाट ६ अंक जोडेको छ। पराजित मुम्बईको भने चार अंक छ। शीर्षस्थानको बैंगलोरसँग दिल्लीले समान अंक बनाए पनि नेट रन रेटमा पछि पर्दै दोस्रो स्थानमा छ भने मुम्बई चौथो स्थानमा छ।

प्रकाशित: Apr 21, 2021| 01:29 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।