शुक्रबार, असार २६, २०८३

लुम्बिनी प्रदेश बन्यो हाप्किडो च्याम्पियन

लुम्बिनी प्रदेशले चौथो हाप्किडो राष्ट्रिय च्याम्पियनसिपको उपाधि जितेको छ। मंगलबार सम्पन्न प्रतियोगितामा लुम्बिनीले ७ स्वर्ण, ८ रजत तथा १२ काश्यका साथ च्याम्पियन बनेको हो।
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं- लुम्बिनी प्रदेशले चौथो हाप्किडो राष्ट्रिय च्याम्पियनसिपको उपाधि जितेको छ। मंगलबार सम्पन्न प्रतियोगितामा लुम्बिनीले ७ स्वर्ण, ८ रजत तथा १२ काश्यका साथ च्याम्पियन बनेको हो।

७ स्वर्ण, ७ रजत तथा ११ काश्य पदक जितेको बागमती प्रदेश दोस्रो तथा ५ स्वर्ण र दुई कास्यसहित गण्डकी प्रदेश तेस्रो भएको छ।

पुरुषतर्फ लुम्बिनीका गोपाल विक तथा महिलातर्फ गण्डकीकी मोनालीसा मल्ल उत्कृष्ट खेलाडी भए। बुद्ध राइ उत्कृष्ट रेफ्री घोषित भइन्।

प्रदेश २ की विजयाकुमारी वाइवा उत्कृष्ट प्रशिक्षक चयन भइन्। उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्री प्रत्येकले ५ हजार रुपैयाँ पुरस्कार पाए।

नेपाली नयाँ वर्षको अवसरमा नेपाल मार्सल आर्ट्स हाप्किडो एसोसीएसनको आयोजनामा भएको चार दिने प्रतियोगितामा सातै प्रदेशका ७ सयभन्दा बढी खेलाडी उपस्थित भएको मुख्य प्रशिक्षक सुस्मिता गुरुङले जानकारी दिइन्।

प्रकाशित: Apr 20, 2021| 14:59 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।