मंगलबार, कात्तिक ४, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • अघिअघि बाजा, पछिपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा [फोटो फिचर]

अघिअघि बाजा, पछिपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा [फोटो फिचर]

गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दीगरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो। रथयात्रा रोकिएकामा हालै आर्यावलोकितेश्वर करुणामय  भनेर पुजिने सेतो मच्छेन्द्रनाथको क्षमा पूजासमेत गरिएको काठमाडौँ महानगरपालिका–२५ का अध्यक्षसमेत रहेका समिति संयोजक शाक्यले बताए।
 |  मंगलबार, वैशाख ७, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं- वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु गरिएको छ। मंगलबार दिउँसो ४ बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएपछि रथयात्रा सुरु भएको हो। 

Kumaribank

गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दीगरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो। रथयात्रा रोकिएकामा हालै आर्यावलोकितेश्वर करुणामय भनेर पूजिने सेतो मच्छेन्द्रनाथको क्षमापूजासमेत गरिएको काठमाडौँ महानगरपालिका-२५ का अध्यक्षसमेत रहेका रथयात्रा व्यवस्थापन समिति संयोजक शाक्यले बताए।

तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि तान्ने गरिएको छ। यो रथलाई नागराजको प्रतीक मानिन्छ। प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ। 

स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेटअघि नै सांस्कृतिक बाजाको समूह हिँडाइएको समिति सचिव सुजीव बज्राचार्यले बताए।  जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको समितिले जनाएको छ। जात्राका लागि काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था मिलाइएको हो।

वैशाख २ गते काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घ संस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा भएको छलफलले स्वास्थ्य सुरक्षाका विधि अपनाएर दूरी कायम गरी रथयात्रा सम्पन्न गर्ने निर्णय भएको समितिका संयोजक शाक्यले जानकारी दिए।
 
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ। सहरका भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ। असन, बसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ। 

Metro Mart

असनमा राति ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्नुहुने कार्यक्रम छ। सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ। 

 

 

प्रकाशित: Apr 20, 2021| 13:22 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।