शुक्रबार, माघ ९, २०८२

त्रिदेशीय सिरिजमा नेपालको पहिलो हार

२०७ रनको कठिन लक्ष्य प्रस्तुत गरे पनि नेपालले नेदरल्यान्डससँग तीन विकेटको हार बेहोरेको छ।
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं– २०७ रनको कठिन लक्ष्य प्रस्तुत गरे पनि नेपालले नेदरल्यान्डससँग तीन विकेटको हार बेहोरेको छ।

National life

टस जितेर ब्याटिङ रोजेको घरेलु टिम नेपालले पूरा ओभर खेल्दै छ विकेटको क्षतिमा २०६ रन बनाएपछि पाहुना टिम नेदरल्यान्ड्सले २०७ रनको लक्ष्य पाएको थियो। तर पाहुना टिमका बास डी लिडले विस्फोटक ब्याटिङ गरेपछि नेदरल्यान्डसले तीन बल बाँकी रहँदै सात विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।

यससँगै नेपालले जारी सिरिजमा पहिलो हार बेहोरेको छ। आजको खेलमा नेपालका लागि ओपनिङ जोडी आशिफ शेख र कुशल भुर्तेलले २० रनको साझेदारी गर्न सके। जहाँ शेख शून्य रनमै आउट भए। त्यसपछि मैदान छिरेका कप्तान ज्ञानेन्द्र मल्लले २० रन जोडे। जहाँ उनले एक छक्का र दुई चौका हाने।

त्यस्तै, युवा ब्याट्सम्यान कुशल मल्लले सात बलमा तीन छक्का प्रहार गर्दै १८ रन बनाएर आउट भए। नेपाली अलराउन्डर ब्याट्सम्यान करण केसी भने शून्य रनमा आउट हुँदा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले सात रन र सोमपाल कामीले २१ रन बनाए।

त्यस्तै, ओपनर भुर्तेलले जारी सिरिजमा लगातार तीन खेलमा अर्धशतक बनाएका छन्। राष्ट्रिय टिमबाट पहिलो तीन खेलमै अर्धशतक बनाउने उनी पहिलो ब्याट्सम्यान समेत हुन्।

Laxmi sunrise bank
kumari

उनले आजको खेलमा ४२ बलमा ५० रन जोड्दै अर्धसतक पूरा गरे। उनले अघिल्ला दुई खेलमा पनि अर्धसतकको योगदान दिएका थिए।

राष्ट्रिय टिमबाट डेब्यू खेलमै ६२ रन बनाएका भुर्तेलले दोस्रो खेलमा मलेसियाविरुद्ध अविजित ६१ रन बनाए। त्यस्तै आज त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको नेदरल्यान्डसविरुद्धको खेलमा पनि उनी ६२ रन बनाउँदै आउट भएका थिए।

उनले ४६ बलमा आठ चौका र एक छक्कासहित ६२ रन बनाए। दिपेन्द्र सिंह ऐरीले यो सिरिजमा पहिलो अर्धसतक प्रहार गरे। उनले २८ औं बलमा नेदरल्यान्ड्सविरुद्ध छक्का प्रहार गर्दै अर्धसतक बनाएका हुन्।

पछिल्ला दुई खेलमध्ये एकमा ब्याटिङको अवसर पाए पनि उनी जम्न नपाउँदै नेपालले लक्ष्य पूरा गरेको थियो। तर आजको खेलमा छैटौं ओभरमै मैदान प्रवेश गर्न पाएका ऐरीले २८ बलमा अर्धसतक पूरा गरे।

अर्धसतक पूरा गरे पनि उनी त्यसको दुई बलपछि नै आउट भए। ६० रन बनाएका उनलाई अन्तिम बलमा पिइटर सिलरले विसीको हातबाट क्याचआउट गराएका हुन्। सिरिजमा त्यो नेपाली खेलाडीको पाँचौं अर्धसतक थियो। उनले ३० बलमा पाँच छक्का र तीन चौका प्रहार गरे।

बलिङतर्फ विवियन किंगमा र पिइटर सिलरले समान २,२ विकेट लिए भने बास डी लिड र आर्यन दत्तले एक विकेट लिए।

जवाफी ब्याटिङमा नेदरल्यान्ड्सका बेन कुपर र बास डी लिडले पनि अर्धसतक प्रहार गरे। ४२ बल खेलेका लिडले सात चौका र पाँच छक्काका साथ ८१ रन बनाए। अन्तिम ओभरमा करणले एन्टोनी स्टलको विकेट गिराए पनि त्यसपछि लगातार दुई चौका प्रहार गर्दै लिडले पाहुना टिमलाई जित दिलाएका थिए। यता ३५ बल खेलका कुपरले १० चौकाका साथ ५५ रन जोडे।

त्यस्तै, टोबियस बिसीले १५ रन बनाउँदा पिइटर सिलारले ३१ रनको योगदान दिए। बलिङतर्फ नेपालका सन्दिप लामिछानेले चार विकेट लिए भने अभिनाष बोहरा र कुशल मल्लले समान १–१ विकेट गिराए।

यससँगै नेपाल र नेदरल्यान्ड्सको समान ४–४ अंक छ।
 

प्रकाशित: Apr 20, 2021| 11:22 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।