सोमबार, असार २९, २०८३

साढे चार लाखको बाउन्स चेक दिने केदार समातिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– जापानमा आकर्षक तलव सुविधा भएको कम्पनीमा काममा लगाइदिने भन्दै ठगि गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखाबाट खटिएको बिशेष अनुसन्धान टोलिल गोरखा जिल्ला भिमसेन गाउँपालिका–६ स्थायी ठेगाना भएका केदारनाथ ढकाललाई टेकुबाट पक्राउ गरेको हो । 
ढकालले गोरखा पालुङटार नगरपालिका–२ का कृष्ण प्रसाद पोखरेलबाट  रु.४ लाख ५० हजार ठगी गरेका थिए । 

पोखरेललाई 'भिषा प्रोसेस' लगायतका कागजातहरु मिलेन भनी विभिन्न वाहाना गरी आलटाल गर्दै लामोसमयदेखि सम्पर्क विहिन बनेका ढकाललाई भेट्दा  सिटिजन बैंक इन्टरनेशनल लिमिटेड सामाखुसी शाखाबाट रकम भुक्तानी लिनु भनी रु.४ लाख ५० हजारको चेक दिएका थिए । पिडितले सम्बन्धित बैंकबाट भुक्तानी लिन जाँदा रकम नभएको थाहा पाई बैंकिङ कसूर मुद्दामा जाहेरी दरखास्त दिएको प्रहरीले जनाएको छ । 

ढकाललाई बैंकिङ कसुर तथा सजाय ऐन,२०६४ अनुसार अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाईएको प्रहरीले जनाएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।