आइतबार, कात्तिक ३०, २०८२

बिहेको महिना दिन नपुग्दै सोनम कपुरको आपत्ति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
हनिमुनको एक महिना नपुग्दै बलिउड नायिका सोनम कपुरले बैबाहिक गतिविधिका बारेमा आपत्ति जनाउकी छन् । 

दिल्लीका बिजनेसम्यान आनन्द आहुजासँग ८ मेमा बैबाहिक बन्धनमा बाँधिएकी उनले बिहेको एक महिना नबित्दै विवाहको बेला खिचिएका भिडियोहरु सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएकी छन् । 

आफूले सामान्य रुपमा विवाह गर्न चाहेको भएपनि धुमधामका साथ विवाह भएको तथा वैवाहिक कार्यक्रममा आफ्नो गोपनियतालाई ध्यानमा नराखी व्यक्तिगत जीवन बढी सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएकी हुन । 

वलिहुड स्टारको विवाहभन्दा पनि आर्य समाजको धर्म संस्कृति अनुसार विवाह गर्ने उनको सोच थियो । 

उनको अभिनय रहेको ‘वीर डे वीडिङ’ विवाहपछि पहिलो जुन १ मा रिलिज भएको छ । फिल्म रिलिजको कार्यक्रममा उनले भनिन्, ‘विवाहमा लुकाउन पर्ने कुनै विषय त थिएन तर जब हामी गोपनियताको कुरा गर्छौ त्यो समयमा उनीहरुले यस बारेमा किन सोचेनन् ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्