काठमाडौं- ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले जारी त्रिदेशीय टी-२० सिरिजमा पहिलो छक्का प्रहार गरेका छन्। उनले २८औं बलमा नेदरल्यान्ड्सविरुद्ध छक्का प्रहार गर्दै अर्धशतक बनाएका हुन्।
पछिल्ला दुई खेलमध्ये एकमा ब्याटिङको अवसर पाए पनि उनी जम्न नपाउँदे नेपालले लक्ष्य पूरा गरेको थियो।
तर मंगलबारको खेलमा छैटौं ओभरमै मैदान प्रवेश गर्न पाएका ऐरीले २८ बलमा अर्धशतक पूरा गरे।
अर्धशतक पूरा गरे पनि उनी त्यसको दुई बलपछि नै आउट भए। ६० रन बनाएका उनलाई अन्तिम बलमा पिइटर सिलरले टोबायस भिसीको हातबाट क्याचआउट गराएका हुन्।
जारी सिरिजमा यो नेपाली खेलाडीको पाँचौँ अर्धशतक हो। उनले ३० बलमा ५ छक्का र ३ चौका प्रहार गरे।