शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • श्रेयालाई कोरोना संक्रमण भएपछि कमेडी च्याम्पियनको छायांकन स्थगित, केकीकाे रिपाेर्ट नेगेटिभ 

श्रेयालाई कोरोना संक्रमण भएपछि कमेडी च्याम्पियनको छायांकन स्थगित, केकीकाे रिपाेर्ट नेगेटिभ 

कमेडी च्याम्पियन–२ की प्रतियोगी श्रेया सुवेदीमा कोरोना संक्रमण भएपछि एक साताका लागि कार्यक्रमको छायांकन रोकिएको छ। 
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं– कमेडी च्याम्पियन–२ की प्रतियोगी श्रेया सुवेदीमा कोरोना संक्रमण भएपछि एक साताका लागि कार्यक्रमको छायांकन रोकिएको छ। 

National life

कार्यक्रमका निर्देशक विशाल भण्डारीका अनुसार टप ९ को छायांकन एक साता पछाडि सार्ने निर्णय गरिएको हो। 

‘सोमबार राति श्रेयाजीलाई कोरोना पोजिटिभ देखिएको रिपोर्ट आयो, त्यसपछि आज हामी कमेडी च्याम्पियनका पूरै टिम र प्रतिस्पर्धीको कोरोना परीक्षण गर्दैछौं,’ मंगलबार नेपालस मयसँगको कुराकानीमा उनले भने, ‘आउने शुक्रबार र शनिबारको एपिसोड यही कारण रोकिएको छ। तर, अर्को साताबाट सावधानी अपनाएर कार्यक्रमलाई निरन्तरता दिनेछौं।’

प्रतिस्पर्धीहरूका लागि क्वारेन्टिन र आइसोलेसनको व्यवस्था गरिएको समेत भण्डारीले बताए।  

कमेडी च्याम्पियनकी कार्यकारी निर्मात्रीसमेत रहेकी अभिनेत्री केकी अधिकारीमा समेत कोरोना पोजिटिभ देखिएको खबर बाहिरिएको छ। कार्यक्रमका निर्देशक भण्डारीले भने खबर गलत रहेको बताए।

Laxmi sunrise bank
kumari

‘उहाँलाई लक्षण देखिएपछि परीक्षण गरिएको हो तर मलाई जानकारी भएसम्म उहाँको रिपोर्ट नेगेटिभ आएको छ,’ भण्डारीले भने। यस विषयमा केकीसँग जानकारी लिन खोज्दा उनको फोन उठेन।

प्रकाशित: Apr 20, 2021| 08:13 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्