सोमबार, वैशाख ८, २०८२

कोरोनाका गम्भीर बिरामीले भरिँदै अस्पताल, संक्रमण बढ्दो

देशभर हाल आइसियु र भेन्टिलेटर चाहिने बिरामी संख्या १ सय ९१ छन्। प्रदेशगत रुपमा हेर्ने हो भने आइसियु र भेन्टिलेटर चाहिने संक्रमितको संख्या बागमती प्रदेशमै सबै भन्दा धेरै छ। बागमती प्रदेशमा मात्र ४० आइसियु र २४ भेन्टिलेटर बिरामीले भरिएका छन्। 
 |  मंगलबार, वैशाख ७, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, वैशाख ७, २०७८

vianetvianet

काठमाडौं – कोरोनाको नयाँ भेरियन्ट (युके भेरियन्ट) र डबल म्युटेन्ट भेरियन्ट नेपालमा पुष्टि भइसकेको छ। नयाँ भेरियन्ट फैलिएसँगै संक्रमणको जोखिम झनै बढेको छ। दिनकै हजार बढीको संख्यामा संक्रमित थपिन थालेका छन्।

triton college

पछिल्ला दिनमा मृतक संख्या पनि बढ्दो छ। पहिलेको तुलनामा अहिले संक्रमण तिव्र गतिमा फैलिरहेको छ। स्वास्थ्यकर्मीका अनुसार संक्रमित चाडो गम्भीर हुने गरेका छन्। तिव्र गतिमा फैलने भनिएको युके भेरियन्टका कारण पनि नेपालमा संक्रमण चाडो फैलिएको हुनसक्ने उनीहरूको चिन्ता छ।

हाल देशभर १४८ जना संक्रमित आइसियुमा र ४३ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। बागमतीमा मात्र ७१ जना आइसियु र २७ जना भेन्टिलेटरमा छन्। 

प्रदेश १ मा ८ जना आइसियु र १ जना संक्रमित भेन्टिलेटरमा  छन्। प्रदेश २ मा ७ जना आइसियुमा छन् भने भेन्टिलेटरमा कोही पनि संक्रमित छैनन्। गण्डकी प्रदेशमा ४ जना र १ जना संक्रमित भेन्टिलेटरमा छन्। लुम्बिनीमा ४० जना आइसियुमा र १० जना भेन्टिलेटरमा छन्। 

त्यस्तै कर्णालीमा ७ जना संक्रमित आइसियु र २ जना भेन्टिलेटरमा छन्। सुदूरपश्चिम प्रदेशमा ११ संक्रमित आइसियु र २ जना भेन्टिलेटर रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

National life insurance

कोभिड–१९ को उपचारका लागि देशभर १ हजार १ सय ८ र ४ सय ६० भेन्टिलेटर छुट्याइएका छन्। जसमध्ये सोमबारसम्म सम्म १ सय ४८ वटा आइसियु र ४० भेन्टिलेटर जटिल खालका बिरामीले भरिएका छन्। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल हाल आइसियुमा भर्ना हुने बिरामीको संख्या बढ्दै गएको बताउँछन्। ‘अहिले कोरोना संक्रमितको संख्या बढ्दो छ’, उनले भने, ‘सिकिस्त भएर आइसियुमा भर्ना हुने संक्रमितको संख्या पनि बढ्दो छ।’

काठमाडौं उपत्यका संक्रमणको उच्च जोखिममा छ। देशभर हाल आइसियु र भेन्टिलेटर चाहिने बिरामी संख्या १ सय ९१ छन्। प्रदेशगत रुपमा हेर्ने हो भने आइसियु र भेन्टिलेटर चाहिने संक्रमितको संख्या बागमती प्रदेशमै सबै भन्दा धेरै छ। बागमती प्रदेशमा मात्र ४० आइसियु र २४ भेन्टिलेटर बिरामीले भरिएका छन्। 

दैनिक पुष्टि हुने गरेका कोरोना संक्रमितको आधाजति संख्या काठमाडौं उपत्यकामै हुने गरेको छ। 

उपत्यकामा कोरोना उपचार हुने आठ वटा अस्पतालमा छन्। ती अस्पतालमा ४० जना आइसियु र २४ जना संक्रमित भेन्टिलेटरमा छन्। 

चिकित्सकहरूले पहिले भन्दा अहिले संक्रमितलाई अक्सिजन बढी चाहिने, बढी खोकी लाग्ने तथा चाँडै सिरियस हुनेक्रम बढ्दो रहेको बताएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा हाल ३९ जना उपचाररत छन्। उनीहरूमध्ये ७ जना गम्भीर अवस्थामा भेन्टिलेटरमा तथा १५ जना आइसियुमा उपचाररत रहेको अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले बताए। 

अस्पतालमा भर्ना हुनेहरूमा २५ देखि ५० वर्षसम्मका धेरै रहेका छन्। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि शुक्रराज अस्पताललाई सरकारले गत वर्ष कोरोना विशेष अस्पताल बनाएको थियो। तर, कोरोना संक्रमितको संख्या घट्न थालेपछि अस्पतालमा फेरि कोभिड र नन् कोभिड दुवै बिरामीको उपचार हुनथालेको थियो। हाल संक्रमितको संख्या बढ्दै गएपछि पुनः कोरोना विशेष अस्पतालमा रुपान्तरण गरिएको छ।

नेपाल शसस्त्र प्रहरी अस्पताल बलम्बुमा पनि सिकिस्त बिरामीको संख्या बढ्न थालेको अस्पतालका प्रहरी उपरीक्षक एवं चिकित्सक प्रविण नेपालले बताए। 

उनका अनुसार हाल अस्पतलामा ७१ जना संक्रमितको उपचार भइरहेको छ। उनीहरूमध्ये १८ जना आइसियु तथा भेन्टिलेटरमा गम्भीर अवस्थामा छन्। ‘२० दिन अगाडि २ जना मात्रै संक्रमित मात्रै बाँकी थिए’, उनले भने, ‘अहिले अस्तपतालमा बेड अभाव हुनथालेको छ।’

उनले कोरोना बेड र आइसियु खाली हुन्छ लागेकोमा फेरि संक्रमण बढ्नु चिन्ताको विषय भएको बताए। उनले बिरामीका लागि छुट्याइएका ७० बेड भरिएपछि अब बेड थप्न लागिएको जानकारी दिए।

त्रिवि शिक्षण अस्पतालमा पनि ३५ बेड संक्रमितले भरिएका छन्। भर्ना भएकाहरू ४० वर्ष माथि उमेरका छन्। उनीहरूमध्ये ९० प्रतिशतलाई अक्सिजनको साहरा लिनुपरेको छ। पहिलाको तुलनामा धेरै अक्सिजन र चाँडै सिकिस्त हुने समस्या देखिएको उनी पनि बताउँछन्। अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले कोरोना बेड अभाव हुने देखिएकाले थप्ने प्रयास भइरहेको बताए।

पाटन अस्पतालमा पनि भर्ना हुने कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ। अस्पतालले कोरोना संक्रमितको उपचारका लागि २१ आइसियुसहित ९० शय्याको व्यवस्था गरेको छ। ८० प्रतिशत आइसियु तथा भेन्टिलेटर कोरोना संक्रमितले भरिएका अस्पतालका निर्देशक डा रवि शाक्य बताउँछन्।

वीर अस्पतालमा हाल २२ जना कोरोना संक्रमित उपचाररत छन्। जसमध्ये ४ जना संक्रमित सिकिस्त रहेको अस्पतालका कोभिड फोकल पर्सन डा. अच्युत कार्कीले बताए। 

वीर अस्पतालमा पनि कोरोना संक्रमितको संख्या बढ्दो छ। भर्ना भएकाहरूमा ४० वर्ष माथिका अधिकांश रहेका छन्। पछिल्ला दुई हप्तामा संक्रमितको संख्या बढ्दै गएको कार्कीले बताए।

उनले भने, ‘पछिल्लो दुई हप्तामा संक्रमित ह्वात्तै बढेका छन्। उपचारका लागि १० आइसियुसहित ४० शय्या छुट्याएको छ। तर, बेड अभाव हुने पक्का छ। हामी आवश्यकता अनुसार शय्या थप्दै जाने छौं’, उनले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेन्टिलेटर चाहिने जटिल खालका बिरामीको संख्या दैनिक बढेको भन्दै सजगता अपनाउन आग्रह गरेको छ।

भरिँदै आइसियु र भेन्टिलेटर

वैशाख १ – ८० जना आइसियु र २५ जना भेन्टिलेटर
वैशाख २ – ९१ आइसियु र ३५ जना भेन्टिलेटर
वैशाख ३ – १०० जना आइसियु र ३८ जना भेन्टिलेटर
वैशाख ४ – ९४ जना आइसियु र ४५ भेन्टिलेटर
वैशाख ५ – ११६ जना आइसियु र ४६ जना भेन्टिलेटर
बैशाख ६ –१४८ जना आइसियु र ४३ जना भेन्टिलेटर

जनस्वास्थ्यका मापदण्ड पालना नगरे स्थिति अझ भयावह हुँदै जाने चिकित्सकहरू बताउँछन्। संक्रमितको संख्या यही गतिमा बढ्दै गए केही दिनमा भेन्टिलेटर नपाएर मृत्यु हुने बिरामी संख्या बढ्न सक्ने चिकित्सकहरूको चिन्ता छ।

‘अबका दिनमा बेड नपाउने र भेन्टिलेटरको अभावमा बिरामीको मृत्यु हुने अवस्था नआओस्। यसका लागि सबै पक्षले समयमै ध्यान दिनुपर्छ’, शसस्त्र प्रहरी अस्पतालका चिकित्सक डा. प्रविण नेपाल भन्छन्। 

जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीको चिन्ता पनि डा. नेपालको जस्तै छ। नयाँ भेरियन्टको फैलावट, राजनीतिक गतिविधिका कारण भएका जुलुस, प्रर्दशन जस्ता कारणले नेपमालमा संक्रमणको दर निकै बढेको र यो क्रम नरोकिए अवस्था झनै भयावह हुने उनको चिन्ता छ। 

सोमबार मात्रै देशभर १ हजार २८१ जना कोरोना संक्रमित भेटिए। नेपालमा कूल संक्रमित संख्या २ लाख ८५ हजार नाघेको छ। कुनै समय दैनिक १ सय भन्दा कम संक्रमण पुष्टि हुने गरेकोमा पुनः संक्रमणदर ह्वात्तै बढेको हो।

प्रकाशित: Apr 20, 2021| 07:20 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्