शुक्रबार, माघ ९, २०८२

त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ। टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं - त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ। टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।

National life

कीर्तिपुरस्थित त्रिवि मैदानमा आजदेखि सञ्चालन हुने बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए।

क्यानले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी जम्मा हुन नपाउने निर्णय गरेकाले त्रिदेशीय टी–२० क्रिकेटको बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको जनाएको छ।

यस निर्णयसँगै नेपाली क्रिकेट समर्थकलाई परेको असुविधाप्रति क्यानले क्षमा मागेको छ। यसअघिका खेलमा भने दर्शकले शुल्क तिरेर खेल हेर्न अनुमति पाएका थिए।

सिरिजअन्तर्गत आज नेपालले नेदरल्याण्डविरुद्ध खेल्दैछ। यसअघि नेपालले नेदरल्याण्डलाई पहिलो खेलमा नौ विकेटले पराजित गरेको थियो।

Laxmi sunrise bank
kumari

नेपाल उपाधि होडमा बलियो अवस्थामा छ। हालसम्मको खेल प्रदर्शनका आधारमा नेपाल तीन देश सम्मिलित सिरिजको शीर्षस्थानमा छ।

नेपालले आफ्नो दुवै खेल जित्दै चार अङ्क जोडेको छ। नेदरल्याण्डले दुईमध्ये एक खेलमा जित तथा एकमा हारका साथ दुई अङ्क जोड्दै दोस्रो स्थानमा छ।

यस्तै मलेशिया आफ्ना दुवै खेलमा पराजित हुँदै लिगको पुछारमा छ। नेपाल र नेदरल्याण्डविरुद्धको आजको खेल दिउँसो सवा १ बजे हुनेछ। रासस

प्रकाशित: Apr 20, 2021| 05:05 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।