धनगढी- नेपाल कम्यूनिष्ट पाटीका स्थायी कमिटी सदस्य भीम रावलले पाटीको सचिवालय पुनर्गठन गर्न माग गरेका छन् । आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै रावलले पार्टीले योग्यता र क्षमता भएका नेतालार्इ अन्याय गरेको आरोप लगाए ।
एमाले र माओवादी केन्द्रबीचको एकीकरणका क्रममा दुवै दलले योग्यता र क्षमता भएकालार्इ नेतृत्वले अन्याय गरेको बताए ।
'पाटीले मन्त्री बनाउदा होस या पाटीको जिम्मेवारी दिँदा दुवै काममा योग्यता र क्षमता भएकालार्इ अन्याय गरिएको छ,' रावलले भने, 'म ३१ सालदेखि पाटीमा सक्रिय छु । कांग्रेस सभापति एवम तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा सुरक्षाकर्मीको दुरुपयोग गर्दा पनि चुनाब जितियो र जिताईयो तर त्यसको उचित मुल्यांकन भएन् ।'
आफूले पार्टीमा बिद्रोग नगरेको भन्दै क्षमता र योग्यताको मुल्यांकन हुनुपर्छ भन्ने अडानमा रहेको रावलले बताए ।
त्यस्तै सरकारले बजेटमा प्रदेश ७ पहिले जस्तै उपेक्षा गरेको आरोप लगाएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४