शुक्रबार, असार २६, २०८३

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो लिभरपुल

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल लिड्स युनाइटेडसँग बराबरीमा रोकिएको छ।
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं – इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल लिड्स युनाइटेडसँग बराबरीमा रोकिएको छ।

लिड्सको घरेलु मैदानमा सम्पन्न खेलमा लिभरपुलले अग्रता जोगाउन नसक्दा १–१ गोलको बराबरीमा रोकिएको हो।

खेलको ६२ प्रतिशत समय बलमा पकड बनाउँदै लिभरपुललाई दबाबमा राखेको लिड्सले पहिलो हाफको ३१औं मिनेटमा गोलको सामना गरेको थियो। साडियो मानेले गरेको गोलसँगै लिभरपुल पहिलो हाफमा एक गोलले अघि रह्यो।

पहिलो हाफमा जस्तै दोस्रो हाफमा पनि दुवै टिमका अधिकांश प्रहार खेल गइरहेको थियो। सोही अवस्थाबीच ८७औं मिनेटमा लिड्सका डियागो युरेन्टेले बललाई नेट चुमाउँदै खेल बराबरीको अवस्थामा ल्याए।

गएरातिको बराबरीसँगै दुवै टिमले १–१ अंक बाँडेका छन्। अहिले लिभरपुलको ५३ अंक छ भने लिड्सको ४६ अंक छ।

प्रकाशित: Apr 20, 2021| 00:56 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।