काठमाडौं – इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल लिड्स युनाइटेडसँग बराबरीमा रोकिएको छ।
लिड्सको घरेलु मैदानमा सम्पन्न खेलमा लिभरपुलले अग्रता जोगाउन नसक्दा १–१ गोलको बराबरीमा रोकिएको हो।
खेलको ६२ प्रतिशत समय बलमा पकड बनाउँदै लिभरपुललाई दबाबमा राखेको लिड्सले पहिलो हाफको ३१औं मिनेटमा गोलको सामना गरेको थियो। साडियो मानेले गरेको गोलसँगै लिभरपुल पहिलो हाफमा एक गोलले अघि रह्यो।
पहिलो हाफमा जस्तै दोस्रो हाफमा पनि दुवै टिमका अधिकांश प्रहार खेल गइरहेको थियो। सोही अवस्थाबीच ८७औं मिनेटमा लिड्सका डियागो युरेन्टेले बललाई नेट चुमाउँदै खेल बराबरीको अवस्थामा ल्याए।
गएरातिको बराबरीसँगै दुवै टिमले १–१ अंक बाँडेका छन्। अहिले लिभरपुलको ५३ अंक छ भने लिड्सको ४६ अंक छ।