शुक्रबार, असार २६, २०८३

त्रिकोणात्मक सिरिजमा अब दर्शकलाई ‘नो इन्ट्री’

नेपाल क्रिकेट संघले क्यानले नेपालमा जारी त्रिकोणात्मक सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरेको छ।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं- नेपाल क्रिकेट संघले क्यानले नेपालमा जारी त्रिकोणात्मक सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरेको छ।

सरकारले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेसँगै क्यानले जारी क्रिकेट प्रतियोगितामा पनि दर्शकको उपस्थितिलाई निषेध गर्ने निर्णय गरेको हो।

क्यानले आज एक विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटमा दर्शकलाई निषेध गरेको जानकारी दिएको छ।

यो निर्णयसँगै अब बाँकी चार खेलमा दर्शकले मैदानमा प्रत्यक्ष खेल हेर्न नपाउने भएका छन्।

जारी सिरिजमा नेपालले लगातार दुई खेल जित्दै ४ अंक जोडेको छ। प्रतिगितामा नेपालसहित नेदरल्याण्ड्स र मलेसिया सहभागी छन्।

प्रकाशित: Apr 19, 2021| 14:50 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।