काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरीमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको उजुरी बढेपछि प्रहरीले चलाएको सर्च अभियानबाट काठमाडौं शंखरापुरका सेते तामाङ र नागार्जुन नगरपालिकाका लाप्का छिरिङ लामा पक्राउ परेका हुन् । उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।
त्यस्तै महाशाखाले विभिन्न समयमा चोरी भएका २० मोटरसाइकल सवारी धनीलाई बुझाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४