अमिताभ बच्चन र जया बच्चनले विवाह गरेको ४५ वर्ष पूरा भएको छ । १९७३ को जुन ३ मा लगनगाँठो कसेको यो जोडी बलिउडमा एक आदर्श जोडीका रुपमा रह्यो ।
ग्ल्यामरको दुनियाँमा सम्बन्ध गास्ने र टुट्नेक्रम जारी रहँदा बच्चन दम्पतीको एउटा उदाहरण हो, जसले अनेकन आरोह अवरोधकाबीच जीवन चलायो ।
सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो वैवाहिक वर्षगाँठको खुसी सेयर गर्दै अमिताभले शुभकामना र बधाई दिने फ्यानहरुलाई धन्यवाद दिएका छन् ।
T 2825 - They that give love and send greetings on our 45th marriage anniversary .. my gratitude and love .. ????????????????????❤️
स्नेह और आदर उन सब को , जिन्होंने जया और मुझे, हमारी विवाह जयंती पे बधाई भेजी है ,, अनेक अनेक धन्यवाद pic.twitter.com/vPoCtwNqSz
— Amitabh Bachchan (@SrBachchan) June 2, 2018
उनले श्रीमती जयालाई गुलावको फूल दिएर ४५ औं वैवाहिक वर्षगाँठ मनाएका छन् ।
पहिलो भेटदुवैको पहिलो भेट सन् १९६९ मा पुनामा भएको थियो । जयाले अमिताभलाई राम्ररी नै चिन्ने गरेकी थिइन । उनका साथीहरुले अमिताभसँग नाम जोड्दै लम्बु भनेर जयालाई जिस्क्याउने गर्दथे । उनले यसलाई अन्यथाका रुपमा लिइनन् । ऋषिकेश मुखर्जीको गुड्डी फिल्ममा अभिनय गर्ने क्रममा दुवै एक अर्काको नजिक भएका थिए ।
१९७३ मा अमिताभ बच्चन र जया बच्चन जंजीर फिल्ममा सँगै देखिए । यसै फिल्मको बेला विवाह गर्ने निर्णय गरे ।