सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अछाम–कालिकोट सीमा विवाद प्राविधिक टोलीले टुंग्याउने

अछाम–कालिकोट सीमा विवाद प्राविधिक टोलीले टुंग्याउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कैलाली- लामो समयदेखि कायम रहेको अछाम–कालिकोटको सीमा विवाद दुवैतर्फका प्राविधिक टोलीबाट टुंग्याउने सहमति भएको छ । 

अछामको साविक कालेकाँडा र कालीकोटको साविक लालु गाविसको सीमा विवाद छ । कालिकोटको हुल्ममा दुवै जिल्लाका जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तह प्रमुख, पार्टी प्रतिनिधिहरू, प्रहरी र प्रशासन प्रमुख, वन, नापी प्रमुखको संयुक्त बैठकबाट उक्त सहमति भएको हो । 

वन र पाखो गरी करिब एक सय रोपनीमा दुवै जिल्लाले दाबी गर्दै आएका छन् । 

अछाममा पुरानो नक्सा नभएकाले कालीकोटमा भएको नक्सा अध्ययन गरेर दुवै जिल्लाका प्राविधिकले तयार पार्ने प्रतिवेदनका आधारमा विवाद समाधान गरिने अछामको विनायक पञ्चदेवल नगरकी उपमेयर अम्बिका चलाउनेले बताइन् । 

अछाममा २०४५ सालमा भएको नापीको नक्सा २०५८ मा भएको माओवादी आक्रमणबाट नष्ट भएको थियो । कालीकोटमा २०५२ सालमा भएको नापीको नक्सा दुवै जिल्लाका प्राविधिकले अध्ययन गर्ने भएका छन् । 

दुई वर्षअघि अछामको नापी टोलीलाई कालिकोटका वासिन्दाले फर्काइदिएका थिए । राष्ट्रिय नक्सामा उक्त क्षेत्र अछाममा पर्छ । 

२०५० सालमा दुवै जिल्लाका सांसद, राजनीतिक दल र प्रशासनबीच विवाद समाधानको सहमति भएको थियो । उक्त क्षेत्रमा बहुमूल्य सालका रुख रहेकाले दुई जिल्लाबीच विवाद भएको हो । 

दुई जिल्लाको सिमाना खोलाले स्पष्ट रूपमा छुट्याएको भए पनि कालिकोटले जबरजस्ती आफ्नो दाबी गरिरहेको कालेकाँडाका स्थानीय कर्णबहादुर बटालाले बताए । उक्त क्षेत्र अछामकै भएको र सोही जंगललाई २०५२ सालमा साल्सैन सामुदायिक वन दर्तासमेत गरिएको उनले जानकारी दिए । 

यसअघि धेरै पटक कालिकोटका वासिन्दा र सामुदायिक वनबीच केही रकम लिएर चरिचरन गर्न दिने निर्णयसमेत भएकाले उक्त क्षेत्र अछामकै भएको उनको भनाइ छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।