काठमाडौं - कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भइरहेको त्रिदेशीय टी-२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले टस जितेर फिल्डिङ् रोजेको छ।
नेपालले फिल्डिङ् रोजेपछि मलेसियाले ब्याटिङकाे निम्तो पाएको हो।
नेपालले कमजोर मानिएको मलेसियासँग २०७६ को फागुनमा खेलेयता टी-२० खेलेको छैन।
एसीसी इस्टर्न रिजनको एक खेलमा नेपालले मलेसियसँग २२ रनको हार बेहोरेको थियो। आज नेपाललाई त्यो हारको बदला लिने अवसर छ। प्रतियोगितामा नेपाल दोस्रो जितको खोजीमा छ भने पहिलो खेलमा हार बेहोरको मलेसिया पहिलो जितको खोजीमा छ।
आईसीसी टी–२० वरीयतामा ३ औं स्थानको मलेसियाले पछिल्लो समय निकै राम्रो प्रस्तुति दिँदै आएको छ।
उसले पछिल्ला तीन खेल हारे पनि त्यसअघिका तीन खेलमा आफूभन्दा बलिया टिमलाई समेत हराएको थियो।
यसकारण मलेसियालाई हराउन आज नेपाललाई ठूलो चुनौती हुनेछ।
त्यस्तै नेपाल र मलेसियाबीच आठ टी–२० (चार टी–२० र चार टी–२० आई) खेल भएका छन्। त्यसमा नेपालले ६ खेलमा जित निकालेको छ भने दुई खेलमा मलेसिया हाबी भएको थियो।