मंगलबार, चैत १०, २०८२

भोलिदेखि कोरोना खोपको दोस्रो डोज अभियान, सहभागी हुन आग्रह

गत १४ माघ २०७७ देखि फागुन ११ गतेसम्म पहिलोमात्रा खोप लगाएकालाई वैशाख ७ (भोलि) देखि खोपको दोस्रो डोज लगाइने भएको छ। 
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं – गत १४ माघ २०७७ देखि फागुन ११ गतेसम्म पहिलोमात्रा खोप लगाएकालाई वैशाख ७ (भोलि) देखि खोपको दोस्रो डोज लगाइने भएको छ।

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २ गतेको निर्णयअनुसार माघ १४, १५, १६, १७ र २६, २७, २८, २९ गते खोप लगाएकाहरूले वैशाख ७ गते दोस्रो मात्राको खोप लगाउनुपर्नेछ। त्यस्तै माघ १८, १९, २०, २१, २२ र फागुन २ गते खोप लगाउनेले बैशाख ८ गते लगाउनु पर्नेछ। 

माघ २३ गते र फागुन ३, ४, ५ गते खोप लगाएकाले ९ गते,  माघ २४ गते र फागुन ६, ८, ९ गते खोप लगाउनेले बैशाख १० गते खोप लगाउनु पर्नेछ।  माघ ३० गते र फागुन ७ र १० गते खोप लगाउनेले बैशाख ११ गते खोप लगाउने गरी स्वास्थ्य कार्यालय काठमाडौंले तालिका सार्वजनिक गरेको छ। 

त्यसका लागि स्वास्थ्य कार्यालयले काठमाडौंले जिल्लामा १९ वटा खोप केन्द्र तय गरेको छ। सो खोप केन्द्रमा विहान १० देखि अपरान्ह ४ बजेसम्म पुगेर खोप लिन पनि स्वास्थ्य कार्यालय काठमाडौंले पहिलो डोज खोप लिइसकेकाहरूलाई आग्रह गरेको छ।

कोरोनाविरुद्धको पहिलो मात्रा लगाएका स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा सहचालक, महिला स्वास्थ्य स्वयंसेविका, सरकारी कार्यालयका कर्मचारी पत्रकार, स्थानीय तहमा खटिएका सुरक्षाकर्मी, बैंकका कर्मचारी, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारीहरूलाई नै दोस्रो मात्रा खोप लगाउन लागिएको हो। 

Laxmi sunrise bank
kumari

खोप लगाउन जाँदा खोप कार्ड र आफ्नो कार्यलयको परिचयपत्र लिएर खोप केन्द्रमा जान मन्त्रालयले आग्रह गरेको छ।

प्रकाशित: Apr 19, 2021| 03:34 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्