मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विराटनगरबाट अन्तर्राष्ट्रिय उडानको योजनाले व्यवसायी उत्साहित

विराटनगरबाट अन्तर्राष्ट्रिय उडानको योजनाले व्यवसायी उत्साहित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- केन्द्र सरकारको बजेटमा विराटनगरबाट अन्तर्राष्ट्रिय उडान हुने विषय समेटिएकामा पूर्व क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । 

अर्थमन्त्री युवराज खतिवडाले उक्त विमानस्थललाई क्षेत्रीय स्तरको बनाइने उल्लेख गरेका छन् । हवाई क्षेत्रमा १९ अर्ब ३५ रुपैयाँ छुट्याएको सरकारले विराटनगरबाट छिमेकी मुलुकसँग उडान गर्ने उल्लेख गरेको छ । 

उक्त विषय स्वागतयोग्य भएको उद्योग वाणिज्य संघ प्रदेश–१ समितिका उपाध्यक्ष तथा प्रदेश सांसद लिलम बस्नेतले बताए । विराटनगरबाट भारत, भुटान र बंगलादेशसम्म उडान हुन सके धेरै फाइदा हुने उनको भनाइ छ । 

पर्यटनमा फड्को मार्न त्यसले सहयोग पुर्‍याउने इटहरीको होटेल प्रिमियर स्कुलका सीईओ सुनिल भुसालले बताए । कोलकाता, पटना, थिम्पू र ढाकासम्म यहाँबाट उडान हुन सके पर्यटकीय चहलपहल बढ्ने उनको भनाइ छ । 

धरानको सेछ ट्राभलिङका सञ्चालक वासुदेव बरालले विराटनगरबाट माउन्टेन फ्लाइट सञ्चालन गर्न पनि अन्तर्राष्ट्रिय उडान आवश्यक भएको बताए । 

‘विहार, पश्चिम बंगाल, भुटान र बंगलादेश नजिक भएर पनि पूर्वको हवाई सम्पर्कमा छैनन्’ उनले भने, ‘विराटनगरबाटै सगरमाथा, मकालु, कञ्चनजंघा आसपाससम्म माउन्टेन फ्लाइटको व्यापार र बजार व्यापक बढेर जान्छ ।’

६ असार ०२५ मा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले उद्घाटन गरेको विराटनगर विमानस्थलबाट त्यतिबेला विहारको पटनासम्म उडान हुने गर्थ्यो । निजी विमान सेवा कम्पनी नेकोन एयरले बहुदल आएपछि पनि विराटनगर–पटना उडान गरेको थियो । 

यहाँबाट अहिले पहाडी गन्तव्यमा १८ सिटे तथा काठमाडौंसम्म ७२ सिटे जहाजले उडान गर्दै आएका छन् । अहिलेकै संरचनामा पनि सय सिटे जहाजबाट उडान गर्न सकिने प्रशस्त सम्भावना छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।