शुक्रबार, असार २६, २०८३

ग्रिनवुड चम्किँदा युनाइटेडको सहज जित

इंग्लिस प्रिमियर लिग (ईपीएल)अन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीविरुद्ध सहज जित निकालेको छ।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं – इंग्लिस प्रिमियर लिग (ईपीएल)अन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीविरुद्ध सहज जित निकालेको छ। युनाइटेडको ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टिमले बर्नलीलाई ३–१ गोलले हराएको हो।

खेलमा ७० प्रतिशत समय बलमा नियन्त्रण राखेको युनाइटेडले पहिलो हाफमा गोल गर्न नसके पनि दोस्रो हाफमा तीन गोल गरको थियो।

दोस्रो हाफको ४८औं मिनेटमा मेसन ग्रिनवुडले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर ५०औं मिनेटमा बर्नलीका जेम्स ताकोविस्कीले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

यता खेलको ८४औं मिनेटमा ग्रिनवुड र इन्ज्युरी मसयमा एडिसन काभानीले गोल गरेपछि युनाइटेडले ३–१ गोलको जित निकाल्यो।

यो जितसँगै युनाइटेडले ६६ अंक जोडेको छ। यद्यपी युनाइटेड शीर्षस्थानको म्यानचेस्टर सिटीभन्दा आठ अंकले पछि छ। पराजित बर्नली ३३ अंकका साथ रेलिगेसन जोन भन्दा एक स्थान माथि छ।

प्रकाशित: Apr 19, 2021| 02:47 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।