शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ला लिगा उपाधि होड : एट्लेटिकोको सानदार जित, बराबरीमा रोकियो रियल

ला लिगा उपाधि होड : एट्लेटिकोको सानदार जित, बराबरीमा रोकियो रियल

स्पेनिस ला लिगाको उपाधि यात्रामा रहेको एट्लेटिको मड्रिडले आइतबार राति आइबरविरुद्ध ५–० गोलको सानदार जित निकालेको छ।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं – स्पेनिस ला लिगाको उपाधि यात्रामा रहेको एट्लेटिको मड्रिडले आइतबार राति आइबरविरुद्ध ५–० गोलको सानदार जित निकालेको छ।

एट्लेटिकोको वान्डा मेट्रोपोलिटानो रंगशालामा भएको खेलमा पहिलो हाफबाटै दबाब बनाएको घरेलु टिमले आइबारविरुद्ध पाँच गोल गर्दै आफ्नो पोस्टमा क्लिन सिट राखेको हो।

एट्लेटिकोको जितका लागि एन्जल करिया र मार्कोस योरेन्टेले समान २–२ गोल गरे भने यान्निक कार्रास्कोले एक गोल गरे।

पहिलो हाफको ४२औं र ४४‍औं मिनेटमा गोल गर्दै करियाले दुई गोलको अग्रता बनाएका थिए। पहिलो हाफको अन्तिम समयमा गोल भए पनि दोस्रो हाफमा भने एट्लेटिको सुरुआतबाटै आक्रामक बनेको थियो।

४९औं मिनेटमा कार्रास्कोले गोल गरे भने ५३औं मिनेट र ६८औं मिनेटमा योरेन्टेले गोल गर्दै जितलाई ५–० गोलसम्म पुर्‍याए।

यता उपाधि दौडमै रहेको अर्को क्लब रियल मड्रिड चाहिँ गएरातिको खेलमा बराबरीमै रोकिएपछि उसले दुई अंक गुमाएको छ।

गेटाफेको घरेलु मैदानमा भएको खेमला रियलले गोलरहित बराबरी खेल्दै उपाहि होडमा पोचिलो बलाउने अवसर गुमाएको हो।

यो बराबरीसँगै रियल ६७ अंकमा रोकिएको छ भने अघिल्लो खेलमा विजयी बनेको एट्लेटिकोले ७० अंक पुरा गरेको छ। यता एक खेल हातमा रहेको बार्सिलोनाको ६५ अंक छ।

बार्सिलोनाले आउँदो खेलमा जित निकान्ल सके रियलले दोस्रो स्थान गुमाउने छ जुन बार्सिलोनाले लिनेछ। अहिले शीर्ष तिनै क्लब उपाधि होडमा छन्।

रियल मड्रिडले गत सिजन उपाधि जितेको थियो भने बार्सिलोनाले अन्तिम पटक २०१८–१९ को सिजमा उपाधि जितेको थियो।

त्यस्तै जारी सिजनको लिगलिडर एट्लेटिको मड्रिडले २०१३–१४ पछि लिग जितेको छैन्।

प्रकाशित: Apr 19, 2021| 02:25 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।