शनिबार, असोज १०, २०८३

प्रज्ञा प्रतिष्ठानले साहित्यकारलाई परिचय पत्र दिने

नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक/साहित्यकारलाई परिचय पत्र दिने भएको छ। वाङ्मयका साधक लेखक/साहित्यकारलाई परिचय पत्र दिनका लागि कार्यविधिसमेत तयार भइसकेको छ।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं - नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक/साहित्यकारलाई परिचय पत्र दिने भएको छ। वाङ्मयका साधक लेखक/साहित्यकारलाई परिचय पत्र दिनका लागि कार्यविधिसमेत तयार भइसकेको छ।

प्राज्ञपरिषद् सदस्य प्रा. डा. योगेन्द्रप्रसाद यादवको संयोजकत्वमा गठित प्राज्ञपरिषद् सदस्यहरू प्रा. डा. उषा ठाकुर, प्रा. डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली र डा. देवी नेपाल रहेको पाँच सदस्यीय कार्यदलले परिचय पत्र वितरणसम्बन्धी (पहिलो संशोधन) कार्यविधि–२०७७ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन कुलपतिलाई बुझाएको छ। 

संशोधनसहित कार्यविधि तयार पार्नका लागि कार्यदललाई १५ दिनको समयसीमा दिएको थियो। कार्यदलले लेखक/साहित्यकार एवम् विज्ञहरूसँग विभिन्न चरणमा छलफल र परामर्श गरी कार्यविधिको संशोधित मस्यौदा तयार पारी बुझाएको हो।

कार्यविधिको मस्यौदा बुझ्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले मुलुकका वाङ्मय साधकहरूलाई परिचय पत्र दिने पहिलेदेखिकै योजनालाई साकार पार्नथालिएको भन्दै खुशी व्यक्त गरे। उनले यही महिनाभित्र राष्ट्रपतिबाट परिचय पत्र वितरण आरम्भ गरिने बताए।

सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायका अनुसार ‘लेखक/साहित्यकार परिचय पत्र’ नामाकरण गरिएको परिचय पत्रमा लेखक/साहित्यकारको नाम/उपनाम, नागरिकता नम्बर, जिल्ला, जन्ममिति, विषय क्षेत्र र विधा खुलाइने छ। 'कुनै पनि स्रष्टालाई श्रेणीकरण गरिने छैन। परिचय पत्र पाउनका लागि लेखक/साहित्यकारले आफ्नो कृतिसहित आवेदन दिनुपर्ने छ', उनले भने।

प्रकाशित: Apr 19, 2021| 01:08 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।