शुक्रबार, असार २६, २०८३

आईपीएलमा बैंगलोरको लगातार तेस्रो जित

जवाफी ब्याटिङमा आन्द्रे रसेलले ३१, इयोन मोर्गनले २९, शकिब अल हसनले २६ र राहुल त्रिपतीले २५ रनको योगदान दिए।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं- इन्डियन प्रिमियर लिग(आईपीएल)मा आइतबार साँझ सम्पन्न खेलमा रोयल च्यालेन्सर्ज बैंगलोरले कोलकत्ता नाइट राइडर्सलाई ३८ रनले हराएको छ।

चेन्नईको चिदम्बरम् रंगशालामा सम्पन्न खेलमा टस जितेर ब्याटिङ राजेको बैंगलोरले पूरा ओभर खेल्दै चार विकेटको क्षतिमा २०४ रन बनाएको थियो। २०५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले पूरा ओभरमा आठ विकेट गुमाएर १६६ रन मात्र बनाएपछि खेल बैंगलोरले जितेको हो।

बैंगलोरको जितमा देवदत्त पडिक्कल र ग्लेन म्याक्बवेलले ६ रनको साझेदारी गरे। जहाँ २ बल खेलेका पडिक्कल २५ रनमा आउट भए भने म्याक्सवेलले ७८ रन जोडे। पडिक्कल आउट भएपछि मैदान छिरेका एबी डिबिलियर्सले पनि ७६ रनको अर्धसतकिय इनिङ खेले।
डेबिलियर्स र म्याम्सवेलले समान ९ चौका र तीन छक्का प्रहार गरे। यता कोलकत्ताका लागि वरुण चक्रवर्तिले दुई र पटक कमिन्स तथा प्रसिद कृष्णले समान १–१ विकेट लिए।

जवाफी ब्याटिङमा आन्द्रे रसेलले ३१, इयोन मोर्गनले २९, शकिब अल हसनले २६ र राहुल त्रिपतीले २५ रनको योगदान दिए।

यता बैंगलोरका लागि केलिय जमिइसनले तीन विकेट गिराउँदा युजवेन्द्र चहल र हर्षल पटेलले समान २–२ विकेट लिए। वासिंटन सुन्दरले पनि एक विकेट गिराए।

यो जितसँगै ६ अंक बनाएको बैंगलोर अंकतालिकाको शीर्षस्थानमा छ। त्यस्तै पराजित कोलकत्ताको भने दुई अंक छ।

तालिकाको दोस्रो स्थानमा रहेको मुम्बईको चार अंक छ भने हैदराबाद शून्य अंकका साथ तालिकाको पुछारमा छ। यसबाहेक सबै टिमको समान २-२ अंक छ।

प्रकाशित: Apr 18, 2021| 15:26 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।