शुक्रबार, असार २६, २०८३

एम्बाप्पेको दुई गोल र पीएसजीको नाटकीय जित

केलियन एम्बाप्पेको दुई गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सेन्ट इटिएनविरुद्ध ३–२ गोलको जित निकालेको छ।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं- केलियन एम्बाप्पेको दुई गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सेन्ट इटिएनविरुद्ध ३–२ गोलको जित निकालेको छ।

पीएसजीको घरेलु मैदानमा आइतबार साँझ सम्पन्न खेलमा पीएसजीले अधिक समय बलमा पकड बनाउँदै जित निकालेको हो।

७२ प्रतिशतको बल पोसेस राखेको पीएसजीले पहिलो हाफमा भने स्कोर गर्न सकेन्। पाहुना टिमले पनि स्कोर गर्न नसकेपछि पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो।

तर दोस्रो हाफको ७७ औं मिनेटमा गोल गर्दै इटिएनका डेनिस बोउअन्गाले पाहुना टिमलाई अग्रता दिलाएका थिए। ७९ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

त्यस्तै ८७ औं मिनेमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै एम्बाप्पेले अग्रता बनाए। त्यो अग्रतालाई खेलको इन्ज्युरी समयमा पाहुना टिमका रोमानी हामोउमाले भंग गरे।

इन्ज्युरी समयको अन्तिम मिनेटमा माउरो इकाडीले गोल गरेपछि भने पीएसजीले पुन अग्रता बनाउँदै जित निकाल्यो।

आजको खेलमा ३-२ गोलअन्तरको जितसहित पीएसजीले लिग वानमा ३३ खेलबाट ६९ अंक जोडेको छ। जारी लिगमा आठ खेल गुमाइसकेको पीएसजी शीर्षस्थानको लिल्लभन्दा एक अंक पछि छ।
यता राजित इटियन भने १३ औं स्थानमा छ।

प्रकाशित: Apr 18, 2021| 14:42 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।