मंगलबार, साउन १९, २०८३

प्रवेश परीक्षा उत्तीर्ण नगरी विदेशमा चिकित्सा शिक्षा पढ्न गए काउन्सिलमा दर्ता नहुने

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा विषयमा विद्यार्थी विदेश अध्ययनमा जानलाई एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरेपश्चात् मात्र योग्य हुने जनाएको छ। 
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा विषयमा विद्यार्थी विदेश अध्ययनमा जानलाई एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरेपश्चात् मात्र योग्य हुने जनाएको छ। 

आइतबार आयोगले सूचना जारी गर्दै विद्यार्थीलाई परीक्षा नदिई विदेशमा चिकित्सा शिक्षा आर्जन गर्न नजान सूचित गरेको हो। 

चिकित्सा शिक्षा विषयमा स्नातक तह, स्नातकोत्तर तह, फेलोसिप कार्यक्रम तथा उच्चस्तरीय तालिम लिनका लागि बैदेशिक अध्ययन अनुमति पत्रसम्बन्धी निर्देशिका २०७७ अनुसार प्रवेश परीक्षा उत्तीर्ण नगरी विदेशमा पढ्न गए  काउन्सिलमा दर्ता नहुने आयोगले स्पष्ट पारेको छ।

प्रकाशित: Apr 18, 2021| 12:08 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्