शुक्रबार, माघ ९, २०८२

नेदरल्यान्ड्सद्वारा मलेसिया १५ रनले पराजित

नेदरल्यान्ड्सले पूरा ओभर खेल्दै दुई विकेटको क्षतिमा १९१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले पनि पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा १७९ रनमा समेटिएपछि नेदरल्यान्डसले जित निकालेको हो।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आइतबारको खेलमा टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले पराजित गरेको छ।

National life

नेदरल्यान्ड्सले पूरा ओभर खेल्दै दुई विकेटको क्षतिमा १९१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले पनि पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा १७९ रनमा समेटिएपछि नेदरल्यान्डसले जित निकालेको हो।

नेदरल्यान्डसको जितका लागि म्याक्स ओडवडले शतकीय इनिङ खेले। उनले ७३ बलमा १५ चौका र ६ छक्कासहित अविजित १३३ रन जोडे। जारी प्रतियोगितामा यो पहिलो शतक हो।

त्यस्तै, टी-२० क्रिकेटमा ६ अर्धशतक बनाएका ओडवडको अन्तर्राष्ट्रिय टी–२० मा बनाएको यो पहिलो शतक हो। उनले यसअघि सबैभन्दा बढी ६९ रनसम्म बनाएका थिए।

तीन चौका र एक छक्का प्रहार गरेका स्कट एडवर्डले ३१ रन बनाएर पेबेलियन फर्किएका थिए। त्यसपछि मैदान पसेका बेन कुपरले २० बलमा २० रन बनाए।

Laxmi sunrise bank
kumari

मलेसियाका लागि पवनदीप सिंह र अनवर रहमानले समान १–१ विकेट लिए। जवाफी ब्याटिङमा खराब सुरुआत गरेको मलेसियाका विरनदीप सिंहले सार्वाधिक ८७ रन बनाए। त्यस्तै, शारविन मोनियन्डीले २८ र अमिनुद्दिन रामलीले २६ रन जोडे।

बलिङतर्फ अर्यन दत्त, बास डी लिडे र सेवास्टियन ब्राटले समान २-२ विकेट लिँदा पिलिप बोइसेवेन र पिइटर सिलारले समान १–१ विकेट गिराए।

यससँगै नेदरल्यान्डस र नेपालको समान २–२ अंक भएको छ। मलेसिया भने अंकविहीन छ।

प्रकाशित: Apr 18, 2021| 10:11 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।