मंगलबार, चैत १०, २०८२

टोखा नगरपालिकाका विद्यालय एक साता बन्द हुने 

काठमाडौंको टोखा नगरपालिकाले नगरभित्रका विद्यालय एक सातालाई बन्द गर्ने निर्णय गरेको छ।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं – काठमाडौंको टोखा नगरपालिकाले नगरभित्रका विद्यालय एक सातालाई बन्द गर्ने निर्णय गरेको छ।

National life

नगरभित्रका सामुदायिक र निजी विद्यालयमा १६ गतेदेखि वार्षिक परीक्षा सञ्चालन हुने हुँदा कोभिड १९ को पनि प्रकोप बढ्दै गएकाले विद्यार्थीलाई परीक्षाको तयारी गर्न विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत प्रकाश आचार्यले जानकारी दिए। 

उनले भने, ‘शहरी क्षेत्रमा कोभिडको जोखिम पनि बढ्दै गएको छ। ९ गतेदखि १५ गतेसम्म परीक्षाको तयारी गर्ने र त्यसपछि  सुरक्षाको मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने अनि विद्यालय फेरि केही समय बन्द हुन्छन्। हामीले सरोकारवालासँग छलफल गरेर विद्यालय बन्द गर्ने निर्णय गरेका हौं।’ 

सरकारले विद्यालय बन्द गर्ने वा खोल्ने अधिकार स्थानीय तहलाई दिएपछि शहरी क्षेत्रमा कोभिड–१९ को प्रकोप बढी देखिएको भन्दै टोखा नगरपालिकाले सरोकारवाला, निजी र सामुदायिक विद्यालयका प्राधानाध्यापक, अभिभावकसँग छलफल गरेर विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको हो।

प्रकाशित: Apr 18, 2021| 10:00 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्