शुक्रबार, असार २६, २०८३

नेदरल्यान्डसले मलेसियालाई दियो कठिन लक्ष्य

र्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले मलेसियालाई १९२ रनको कठिन लक्ष्य प्रस्तुत गरेको छ।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले मलेसियालाई १९२ रनको कठिन लक्ष्य प्रस्तुत गरेको छ।

पहिलो खेलमा आयोजक नेपालसँग पराजय भोगेको नेदरल्यान्ड्सले दोस्रो खेलमा पूरा ओभर खेल्दै दुई विकेटको क्षतिमा १९१ रन बनाएको हो।

नेदरल्यान्डसका लागि म्याक्स ओडवडले सतकीय इनिङ खेले। उनले ७३ बलमा १५ चौका र ६ छक्कासहित अविजित १३३ रन जोडे। जारी प्रतियोगितामा यो पहिलो सतक हो।

त्यस्तै, टी–२० क्रिकेटमा ६ अर्धसतक बनाएका ओडवडको पनि यो पहिलो सतक यही हो। उनले यसअघि सबैभन्दा धेरै ६९ रन बनाएका थिए।

तीन चौका र एक छक्का प्रहार गरेका स्कट एडवर्डले ३१ रन बनाएर पेवेलियन फर्किएका थिए। त्यसपछि मैदान पसेका बेन कुपरले २० बलमा २० रन बनाए।

मलेसियाका लागि पवनदिप सिंह र अनवर रहमानले समान १–१ विकेट लिए।

आजको खेलमा जित निकाल्न सके नेदरल्यान्ड्सले फाइनल पुग्ने सम्भावना कामय राख्नेछ। तर, पराजय भोगे उसको फाइनल यात्रामा धक्का लाग्न सक्ने छ।

जारी प्रतियोगितामा यो मलेसियाको पहिलो खेल हो। यो खेलमा जित निकाल्दै ऊ सुखद सुरुआत गर्न चाहन्छ।
 

प्रकाशित: Apr 18, 2021| 08:01 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।