काठमाडौं-नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सरकारले गिरिजाप्रसाद कोइरालाको सम्मान नगरेको आरोप लगाएकी छन् ।
आईतबार संघीय संसदमा बजेट माथिको छलफलमा भाग लिदै उनले यस्तो आरोप लगाएकी हुन् । कोइरालाले बजेटमा परिवर्तनको नेतृत्व गरेका कोइरालाको नाम कतै उल्लेख नगरेको बताईन ।
'त्यत्रो परिवर्तनको नेतृत्व गरेका गिरिजाप्रसादको नाम कतै उल्लेख गरिएको छैन, के सरकार कोइरालाको नामसँग डराएको हो ?' कोइरालाले प्रश्न गरिन् । उनले भनिन्, 'अहिले त उहाँ हुनुहुन्न तर सरकार छाँयासँग डराएको होकि ?'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४