आइतबार, वैशाख ७, २०८२

आगलागी हुँदा छिमेकी गुहार्छन् धनुषाका स्थानीय सरकार

एउटा पनि दमकल खरिद गर्न नसकेका धनुषाका १३ स्थानीय सरकार आगलागीका घटना भइहाले छिमेकीको मुख ताकेर बस्छन्।
 |  आइतबार, वैशाख ५, २०७८
nespernesper

जयन्त ठाकुर

जयन्त ठाकुर

आइतबार, वैशाख ५, २०७८

vianetvianet

एउटा पनि दमकल खरिद गर्न नसकेका धनुषाका १३ स्थानीय सरकार आगलागीका घटना भइहाले छिमेकीको मुख ताकेर बस्छन्।

triton college

जनकपुरधाम- चैत-वैशाख भनेको सुक्खा समय हो। यही सुक्खा समयमा लाग्ने हावाहुरीका कारण आगलागीका घटना बढ्ने गर्छन्। 

बर्सेनि हुने आगलागीले कैयौं व्यक्तिले अनाहकमा ज्यान गुमाउनु पर्छ भने कैयौं घरबारविहीन हुन्छन्। 

जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांक हेर्ने हो भने पनि अवस्था कहालीलाग्दो छ। चालु आर्थिक वर्षको हालसम्म पाँचजनाले आगलागीका कारण ज्यान गुमाउनु परेको छ। १२ जना घाइते भएका छन्। 

आगलागीका कारण दुई करोड ८२ लाख ६९ हजार बराबरको क्षति भएको प्रहरीको तथ्यांक छ। प्रहरीका अनुसार यसअघि आर्थिक वर्ष २०७६/०७७ मा ९ जना र २०७५/०७६ मा सातजनाको मृत्यु भएको थियो। 

National life insurance

हरेक वर्ष आगलागीले मानवीय र धनजनको क्षति गर्दा पनि सरोकारवाला निकायले भने खासै चासो दिएको पाइँदैन। सुक्खा मौसम सुरु भएसँगै धनुषाका विभिन्न ठाउँमा आगलागीका घटना हुने गर्छन्। तर, अझै पनि धनुषाका १३ स्थानीय तहसँग भने दमकल छैन। 

आगलागीका घटना भइहाले छिमेकी स्थानीय तहको मुख ताक्नुपर्ने अवस्था छ। धनुषाका गाउँपालिकासँग त दमकल छैन नै, ६ नगरपालिकासँग समेत छैन। 

हाल जनकपुरधाम उपमहानगरपालिकासँग दुईवटा दमकल छ। धनुषाधाम नगरपालिका, नगराइन नगरपालिका, सबैला नगरपालिका, क्षीरेश्वर नगरपालिका र शहीदनगर नगरपालिकासँग एक–एकवटा वारुणयन्त्र छ। 

घनावस्ती रहेको धनुषा जिल्लामा जम्मा ६ वटा वारुणयन्त्र हुनु पर्याप्त होइन। मिथिला नगरपालिकामा १० हजार घरधुरीमा ५० हजार जनसंख्या छ। तर, एउटा पनि दमकल नहुनुले आगलागीको समयमा समस्या हुने गरेको नगरपालिकाका प्रमुख हरिनारायण महतो बताउँछन्।

‘आगलागी भइहाले क्षीरेश्वर नगरपालिका वा महोत्तरीको बर्दिवास नगरपालिकाको मुख ताक्नु पर्छ,’ उनले भने। नगरपालिकाले सुक्खा मौसम सुरु भइसकेको भए पनि दमकल खरिदबारे कुनै प्रक्रिया अगाडि बढाएको छैन।

मिथिला विहारी नगरपालिकाका प्रमुख अनिल यादवले नगरसभाबाट निर्णय गरेर संघीय सरकारसँग दमकल माग गरेको बताए। ‘यस्तै स्थिति आइरह्यो भने धनुषाधाम नगरपालिकासँग समन्वय गर्छु,’ उनले भने, ‘तत्काल दमकल खरिद गर्न सक्ने अवस्था भने छैन, केन्द्रले पठाएन भने खरिद गर्नुपर्ला।’ 

जनकपुरधाम उपमहानगरपालिकाको छिमेकी स्थानीय तह हंसपुर नगरपालिकामा समेत एउटा पनि दमकल छैन। हंसपुर नगरपालिका प्रमुख रामज्ञान मण्डलले विपद् व्यवस्थापन कार्यक्रममार्फत् हँसपुर र कमला नगरपालिकालाई दमकल दिने विषयमा छलफल भएको बताए। ‘तर कुरो कहाँसम्म पुग्यो थाहा छैन,’ उनले भने। 

आगलागीको समयमा जनकपुरधाम उपमहानगरपालिका वा धनुषाधाम नगरपालिकासँग समन्वय गर्ने गरेको उनको भनाइ छ। 

प्रकाशित: Apr 18, 2021| 07:18 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।