शनिबार, असोज १०, २०८३

बिहे लगत्तै गर्नु हुँदैन यस्ता गल्ती

बिहेपछि महिलाको जीवनमा थुप्रै परिवर्तन हुन्छ। श्रीमानको घरमा जाँदा नयाँ परिवेस हुन्छ। सो परिवेसमा सुरुमा घुलमिल हुन गाह्रो हुन्छ।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

बिहेपछि महिलाको जीवनमा थुप्रै परिवर्तन हुन्छ। श्रीमानको घरमा जाँदा नयाँ परिवेस हुन्छ। सो परिवेसमा सुरुमा घुलमिल हुन गाह्रो हुन्छ।

सुरुवाति दिनमा नयाँ घरमा व्यवहार र काममा निकै सन्तुलन हुनुपर्छ। माइतीमा आमाबुवा, दाइभाइ, दिदीबहिनी हुन्छन्। उनीहरूसँग जन्मिँदादेखि नै मानिस घुलमिल भएको हुन्छ। तर, नयाँ घरमा त्यस्तो हुँदैन।

सबैका कुरालाई सुन्नुपर्छ। सबैले भनेको मान्नुपर्छ। कसैसँग चित्त दुखाउने र गुनासो गर्ने बानी गर्नु हुँदैन।

नयाँ घरमा केही समय मानिसलाई बुझ्न लाग्छ। बिहे भएर जाँदा सुरुमा अत्याधिक समय मोबाइलमा बिताउने जस्ता काम गर्नु हुँदैन। किनकी त्यसले सुरुमै नराम्रो प्रभाव पार्न सक्छ।

त्यसै पनि यताको कुरा गर्ने बानी राम्रो होइन। कसैमा त्यस्तो आदत भए हटाउँदै लानुपर्छ। बिहेपछि त्यही बानीले कुनै दिन ठूलो समस्या निम्त्याउन सक्छ। 

त्यस्तै खर्च कम गर्ने बानीको विकास गर्नुपर्छ। खर्चालु बानी भए श्रीमानको घरमा सम्हालिएर खर्च गर्नुपर्छ। अनावश्यक सपिङ् गर्ने वा अधिक खर्च गर्ने बानी भए नयाँ घरका मानिसले नराम्रो नोटिस गर्न सक्छन्।

प्रकाशित: Apr 18, 2021| 07:00 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्