शनिबार, असोज १०, २०८३

नौ जनालाई नइ पुरस्कार

नइ प्रकाशनले राष्ट्रिय जनजीवनका नौ जना विशिष्ट महानुभावलाई २०७७ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ। 
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं– नइ प्रकाशनले राष्ट्रिय जनजीवनका नौ जना विशिष्ट महानुभावलाई २०७७ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ। 

नइ प्रकाशनले सनातन हिन्दू दर्शन र धर्मसंस्कृतिको संरक्षण, संवर्धन र जागरणका लागि मन, वचन र कर्मबाट समर्पित प्रा.डा. दीर्घराज घिमिरेलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।

नेपालको सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अक्षुण्णता, संरक्षण र संवर्धनका लागि अटल प्रतिबद्ध कमल थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गरिने भएको छ।

मैथिली तथा नेपाली भाषासाहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याई नेपाली राष्ट्रिय एकताको सुदृढीकरणका निम्ति उल्लेखनीय भूमिका खेलेबापत प्रा.डा. राजेन्द्र विमललाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिने भएको छ।

नइ प्रकाशनले नेपाल टेलिभिजनको स्थापनाका साथै नेपाली चलचित्र, नाटक तथा श्रव्यदृश्यमूलक आमसञ्चारका क्षेत्रमा अग्रणी र ऐतिहासिक योगदानका निम्ति नीर शाहलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने भएको छ।

चिकित्सा क्षेत्रमा दीर्घ सेवाका निम्ति सुविख्यात बालविशेषज्ञ डा. मणिन्द्ररञ्जन बराललाई ‘नइ भावि पुरस्कार’ समर्पण गरिने भएको छ।

नेपाली कलाका फाँटमा अविछिन्न योगदानका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली चित्रकलाको महिमा र गरिमा बढाएबापत शशीकला तिवारीलाई ‘नइ यउजा पुरस्कार’ समर्पण गरिने भएको छ।

त्यसैगरी नेपाली साहित्यको श्रीवृद्धिमा सिर्जनात्मक र संस्थागत रुपमा क्रियाशील रही विश्व कविता यात्रामार्फत नेपाली भाषासाहित्यको गौरव बढाएबापत वसन्तकुमार चौधरीलाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ समर्पण गर्ने निर्णय भएको प्रकाशनले जनाएको छ।

नइ प्रकाशनले नेपाली गीतसंगीतको संरक्षण संवर्धन र सम्प्रसारमा प्रभावकारी कृत्य गरी देशदेशान्तरमा नेपाली भाषाको ख्याति बढाएबापत म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मालाई  ‘नइ भाजप पुरस्कार’ समर्पण गर्ने भएको छ।

काठमाडौं उपत्यकाबाहिर रहेर पनि नेपाली भाषासाहित्यको सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्‍याएबपत रुपन्देहीका जंगबहादुर शाहलाई ‘नइ धनरूप पुरस्कार’ समर्पण गर्ने निर्णय भएको प्रकाशनले जनाएको छ।
यी सबै पुरस्कारका राशि जनही एक लाख रुपैयाँ छन्।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा आइतबार बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो। 

नइ प्रकाशनको रजत महोत्सव तथा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०२ औँ शुभजन्मोत्सवका अवसरमा शताब्दी पुरुषबाट आगामी वैशाख ३० गते काठमाडौंमा नइ पुरस्कार समर्पण गरिनेछन्।

प्रकाशित: Apr 18, 2021| 06:36 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।