शुक्रबार, माघ ९, २०८२

सिटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा 

प्रिमियर लिगलिडर म्यानचेस्टर सिटीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै चेल्सीले एफए कपको फाइनलमा स्थान बनाएको छ। 
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं– प्रिमियर लिगलिडर म्यानचेस्टर सिटीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै चेल्सीले एफए कपको फाइनलमा स्थान बनाएको छ। 

National life

शनिबार राति वेम्बले रंगशालामा भएको खेलमा १–० गोलको जितका साथ चेल्ली फाइनलमा प्रवेश गरेको हो। खेलको पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफको ५५ औं मिनेटमा हाकिमी जियाचले जितका लागि निर्णायक गोल गरेका थिए। 

म्यानचेस्टर सिटीले खेलमा दबाब बनाए पनि जित निकाल्न सकेन। सिटीका खेलाडीबाट आएको ११ प्रहारमध्ये तीनपटक पोस्टतर्फ प्रहार भए पनि गोलकिपर केपा एरिजाबालागले सहजै नियन्त्रणमा लिएका थिए।

अब सेमिफाइनलको विजेता चेल्सीले फाइनलमा लेस्टर सिटी र साउथह्याम्टनको विजेतासँग भिड्नेछ। दोस्रो सेमिफाइनल खेल आज राति हुँदैछ भने फाइनल खेल मे १५ मा हुनेछ।

प्रकाशित: Apr 18, 2021| 02:04 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।