शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एथ्लेटिक क्लबलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि 

एथ्लेटिक क्लबलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि 

एथ्लेटिकको बाल्बियोलाई ४–० गोलले हराउँदै स्पेनिस कोपा डेल रेको उपाधि क्याटलान क्लब बार्सिलोनाले जितेको छ।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं– एथ्लेटिकको बाल्बियोलाई ४–० गोलले हराउँदै स्पेनिस कोपा डेल रेको उपाधि क्याटलान क्लब बार्सिलोनाले जितेको छ। 

रोनाल्ड कोम्यानको प्रशिक्षणमा बार्सिलोनाको यो पहिलो उपाधि जितेको हो। च्यम्पियन्स लिगबाट बाहिरिए पनि उसले घरेलु लिग ला लिगामा भने उपाधि दावेदारी प्रस्तुत गरिरहेको छ। 

गत सिजनमा कुनै पनि उपाधि हान पार्न नसकेको बार्सिलोनाले यो सिजन भने कोपा डेल रेको उपाधि जितेको छ। उपाधि जितका लागि एन्टोनी ग्रिजम्यान र प्रांकी डि जोङले समान १–१ गोल गरे। 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफमा उसले सबै गोल गर्यो। ६० औं मिनेटमा ग्रिजम्यानले गोल गरे भने ६३ औं मिनेटमा डि जोङले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। त्यसपछि लियोनेल मेस्सीले लागतदार दुई गोल गरेपछि बार्सिलोनाले फराकिलो जित निकालेको थियो। 

उपाधि जितेसँगै कप्तान मेस्सीले खुसी भएको बताएका छन्। ‘यो निकै चुनौतिपूर्ण सिजन थियो। यो वर्ष धेरै उतारचढावका साथ वित्यो। त्यसबीच उपाधि जित्दा खुसी छौं,’ उनले भने।

प्रकाशित: Apr 18, 2021| 01:52 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।