शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • आईपीएलमा हैदराबादको तेस्रो हार, दोस्रो जितसँगै मुम्बई शीर्षस्थानमा

आईपीएलमा हैदराबादको तेस्रो हार, दोस्रो जितसँगै मुम्बई शीर्षस्थानमा

इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई १३ रनले हराएको छ। 
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई १३ रनले हराएको छ। 

चेन्नईको चिदम्बरम् रंगशालामा टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित पूरा ओभर खेल्दै पाँच विकेट गुमाएर १५० रन बनाएको थियो। १५१ रनको लक्ष्यका साथ मैदान उत्रिएको हैदराबाद दुई बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर १३७ रनमा समेटिएपछि जित मुम्बईको पोल्टामा परेको हो। 

मुम्बईको जितमा क्विन्टन डिककले ४० रन बनाए भने राहित शर्माले ३२ रन जोडे। त्यस्तै, किइरोन पालार्डले ५३ रन बनाए। बलिङतर्फ हैदराबादका मुजिब उर रहमान र विजय शंकरले समान २,२ विकेट लिए भने खलिल अहमदले एक विकेट गिराए। 

जवाफी ब्याटिङमा आएको हैदराबादका कप्तान डेबिड वार्नरले ३६ रन बनाए भने जोन्नी बेयरिस्टोले ४३ रन जोडे। विजय शंकर २८ रनमा आउट भए। मुम्बईका लागि ट्रेन्ट बोल्ड र राहुल चहरले सर्वाधिक ३,३ विकेट लिँदा जसप्रित बुमराह र क्रुणल पाण्डेयले समान १,१ विकेट लिए। 

यो जितसँगै तीन खेलबाट मुम्बईले चार अंक जोडेको छ। हैदराबाद भने सबै खेलमा पराजित हुँदा खाता खोल्न सकेको छैन। त्यस्तै, दुवै खेलमा जित निकालेको बैंगलोरको चार अंक छ। बाँकी सबै टिमको समान २,२ अंक छ।
 

प्रकाशित: Apr 18, 2021| 01:39 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।