काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई १३ रनले हराएको छ।
चेन्नईको चिदम्बरम् रंगशालामा टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित पूरा ओभर खेल्दै पाँच विकेट गुमाएर १५० रन बनाएको थियो। १५१ रनको लक्ष्यका साथ मैदान उत्रिएको हैदराबाद दुई बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर १३७ रनमा समेटिएपछि जित मुम्बईको पोल्टामा परेको हो।
मुम्बईको जितमा क्विन्टन डिककले ४० रन बनाए भने राहित शर्माले ३२ रन जोडे। त्यस्तै, किइरोन पालार्डले ५३ रन बनाए। बलिङतर्फ हैदराबादका मुजिब उर रहमान र विजय शंकरले समान २,२ विकेट लिए भने खलिल अहमदले एक विकेट गिराए।
जवाफी ब्याटिङमा आएको हैदराबादका कप्तान डेबिड वार्नरले ३६ रन बनाए भने जोन्नी बेयरिस्टोले ४३ रन जोडे। विजय शंकर २८ रनमा आउट भए। मुम्बईका लागि ट्रेन्ट बोल्ड र राहुल चहरले सर्वाधिक ३,३ विकेट लिँदा जसप्रित बुमराह र क्रुणल पाण्डेयले समान १,१ विकेट लिए।
यो जितसँगै तीन खेलबाट मुम्बईले चार अंक जोडेको छ। हैदराबाद भने सबै खेलमा पराजित हुँदा खाता खोल्न सकेको छैन। त्यस्तै, दुवै खेलमा जित निकालेको बैंगलोरको चार अंक छ। बाँकी सबै टिमको समान २,२ अंक छ।