शुक्रबार, असार २६, २०८३

विराट गोल्डकपको उपाधि एपीएफलाई 

विराट गोल्डकपको उपाधि विभागीय टिम एपीएफले जितेको छ ।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

विराटनगर– विराट गोल्डकपको उपाधि विभागीय टिम एपीएफले जितेको छ ।  

सहिद रंगशाला विराटनगरमा शनिबार राती सम्पन्न छैटौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कब्जा गर्ने क्रममा उसले पाहुना टोली भारतको पञ्जावलाई १–० गोल अन्तरले स्तब्ध बनायो। पञ्जाव पनि भारतको विभागीय टिम हो। निर्णायक गोल गरेका प्रदीप लामाको भूमिका एपीएफको जितका लागि निकै महत्वपूर्ण बन्यो।

११ औँ मिनेटभित्रै बललाई फ्रेमभित्र प्रवेश गराउन सफल भएका उनले टिमलाई उपाधि उचाल्न सहज पारिदिए। गोलरक्षक सतवीर सिंहलाई विट गर्दै प्रदीपले बललाई पोस्टभित्र पुर्याउँदा पञ्जाव उपाधिविहीन अवस्थामा निराश बनेर फर्कियो। उपाधि उम्कन नदिने क्रममा एपीएफका गोलरक्षक राजु नगरकोटी, डिफेन्डर राजन गुरुङ र कप्तान सुदीप शिख्राकारको प्रदर्शन उत्कृष्ट रहयो। 

उपाधिसँगै एपीएफले ट्रफीसहित पुरस्कार स्वरुप १५ लाख १५ हजार रुपैयाँ प्राप्त गरेको छ। उपविजेता पञ्जावले ७ लाख ५१ हजार रुपैयाँमा चित्त बुझायो। पहिलो हाफमा फितलो प्रदर्शन गरेको पञ्जावले गोल गर्ने गतिलो अवसर सिर्जना गर्न सकेन। 

मध्यान्तरपछि सुधारिएको प्रदर्शन गरेर निरन्तर पोस्ट आक्रमणको रणनीति बुने पनि विदेशी मैदानमा पञ्जाव असफल बन्यो। एक्लो गोलकर्ता प्रदीप लामा फाइनल खेलको म्यान अफ दी म्याच बनेर १० हजार रुपैयाँ नगद पुरस्कार पाउन सफल भए। 

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी एपीएफका आशिष लामाले मोटरसाइकल पुरस्कार पाएका छन्। एपीएफका राजु नगरकोटी सर्वोत्कृष्ट गोलरक्षक, सनिश श्रेष्ठ उत्कृष्ट डिफेन्डर, मणि लामा उत्कृष्ट मिडफिल्डर र सुदीप श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए।

सर्वाधिक गोलकर्ता विराटनगर महानगरपालिका–११ का प्रकाश बुढाथोकी बने। प्रतियोगिताभर उनको नाममा ४ गोल छ। उत्कृष्ट फरवार्ड संकटा क्लबका फोडे फोफना बने। सबैले जनही २५–२५ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन्।  

प्रकाशित: Apr 18, 2021| 01:04 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।