शुक्रबार, असार २६, २०८३

नेपालको पहिलो जितको नायक कुशल र आशिफ

त्रिभुवन विश्वविद्यलयको मैदानमा न्युजिल्यान्डबाट १३७ रनको लक्ष्य पाएको नेपालले १५ ओभर खेल्दै एक विकेट गुमाएर लक्ष्य पुर गरेको गर्‍यो।
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

काठमाडौं- कुशल भुर्तेल र आशिफ शेखले ११६ रनको शतकीय साझेदारी गरेपछि नेपाले नेदरल्यान्डविरुद्ध सहज जित निकालेको छ। टस जितेर बलिङ रोजेको घरेलु टिम नेपालले ट्राई नेसन्स टी-२० सिरिजको उद्घाटन खेलमा ९ विकेटको जित निकालेको हो। 

त्रिभुवन विश्वविद्यलयको मैदानमा न्युजिल्यान्डबाट १३७ रनको लक्ष्य पाएको नेपालले १५ ओभर खेल्दै एक विकेट गुमाएर लक्ष्य पुरा गरेको छ।

त्यसअछि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले पूरा ओभर खेल्दै ४ विकेटको क्षतिमा १३६ रन बनाएपछि नेपालले १३७ रनको लक्ष्य पाएको थियो।

सबैभन्दा कम इकोनोमी प्रदान गरेका सोमपाल कामीले चार ओभर बलिङ गर्दै एक विकेट लिएका थिए। समान एक विकेट लिएका शाहब आलमले भने ४ ओभरमा ४५ रन खर्चिए।

दुई विकेट लिएको सन्दिप लामिछानेले चार ओभरमा २२ रन दिए। ब्याटिङतर्फ पाहुना टिम नेदरल्यान्डका बास डी लिडले ४१ रन जोडे भने कप्तान पिइटर सिलरले २३ रनको योगदान दिए।

त्यस्तै, स्कट एडवर्डले ३० र एन्टोनियस स्टालले २० रन जोडे। जवाफी ब्याटिङमा नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले ११६ रनको अर्धशतकी पारी खेले। ६२ रन बनाएका कुशल भुर्तेल ४६ बलमा ५ छक्का र ५ चौका हान्दै पेबेलियन फर्किए। आविजित रहेका आशिफले ४ चौका र ४ छक्का साथै ५४ रन जोडे।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अविजित १३ रन बनाए। यो जितसँगै नेपालले दुई अंक जोडेको छ। त्रिविको मैदानमा भोलि हुने खेलमा नेदरल्यान्ड र मलेसियाले प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: Apr 17, 2021| 10:28 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।