काठमाडौं- टस जितेर बलिङ राजेको घरेलु टिम नेपालले ट्राई नेसन्स टी-२० सिरिजको उद्घाटन खेलमा १३७ रनको लक्ष्य पाएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले पूरा ओभर खेल्दै चार विकेटको क्षतिमा १३६ रन बनाएपछि नेपालले १३७ रनको लक्ष्य पाएको हो।
सबैभन्दा कम इकोनोमी प्रदान गरेका सोमपाल कामीले चार ओभर बलिङ गर्दै एक विकेट लिएका थिए। समान एक विकेट लिएका शाहब आलमले भने चार ओभरमा ४५ रन खर्चिए।
दुई विकेट लिएको सन्दीप लामिछानेले चार ओभरमा २२ रन दिए। ब्याटिङतर्फ पाहुना टिम नेदरल्यान्डका बास डि लिडले ४१ रन जोडे भने कप्तान पिइटर सिलरले २३ रनको योगदान दिए।
त्यस्तै, स्कट एडवर्डले ३० र एन्टोनियस स्टालले २० रन जोडेका थिए।