शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मलेसिया र कतारबाट एकैदिन आयो १० नेपालीको शव, अझै १८ शव ल्याउन बाँकी (भिडियाेसहित)

मलेसिया र कतारबाट एकैदिन आयो १० नेपालीको शव, अझै १८ शव ल्याउन बाँकी (भिडियाेसहित)

वैदेशिक रोजगारीका लागि परदेश पुगेका १० जनाको शव शनिबार काठमाडौं आइपुगेको छ। 
 |  शनिबार, वैशाख ४, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

शनिबार, वैशाख ४, २०७८

काठमाडौं - वैदेशिक रोजगारीका लागि परदेश पुगेका १० जनाको शव शनिबार काठमाडौं आइपुगेको छ। 

मलेसियामा ज्यान गुमाएका ९ र कतारमा ज्यान गुमाएका एकजनाको शव नेपाल एअरलाइन्सको वाइडबडी विमानमार्फत् नेपाल ल्याइएको हो। 

वैदेशिक रोजगार बोर्डका परामर्शदाता श्रीकृष्ण चौलागाईका अनुसार मलेसियाबाट लालबहादुर महर (रूपन्देही), विद्यानन्द यादव (सर्लाही), इन्द्रदेव मन्डल, देवबहादुर भट्टराई, शिवराज दयाल पासवान, राजाराम बाठा, सन्तोष महरा, मुना कुहार, लालबहादुर शाह र देव कान्तीको शव आइपुगेको हाे। कतारबाट दीपक रिजालको शव ल्याइएको चौलागाईले जानकारी दिए। दुईजनाकाे ठेगाना खुले पनि अन्यकाे खुलेकाे छैन।

रोजगारीका लागि गएका उनीहरूको विभिन्न कारणले मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। बोर्डका अनुसार अझै विभिन्न देशमा १८ जना नेपालीको शव छ। मलेसियाबाट अझै चार शव आउन बाँकी छ। 

यस्तै साउदी अरबबाट १३ वटा शव झिकाउन बाँकी छ। कतारबाट एकजना नेपालीको शव रहेको बोर्डले जनाएको छ। दुर्घटनामा ज्यान गुमाएका र कामका क्रममा ज्यान गुमाएकाहरूको प्रहरी रिपोर्ट र बिमाको काम टुंगिन समय लाग्ने भएकाले कतिपय शव ल्याउन समस्या भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता दिनवन्धु सुवेदीले जानकारी दिए। 

गएको साउन महिनादेखि वैशाख ४ गतेसम्ममा वैदेशिक रोजगारीमा गएका ६४३ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित: Apr 17, 2021| 08:36 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।