शुक्रबार, असार २६, २०८३

ट्राई सिरिज आजबाट : पहिलो जितको खोजीमा नेपाल र नेदरल्यान्ड्स

नेपाल क्रिकेट संघ (क्यान) ले आजबाट आयोजना गरेको ट्राइ नेसन्स सिरिजअन्तर्गत शनिबार हुने पहिलो खेलमा आयोजक नेपालले नेदरल्यान्ड्ससँग खेल्ने छ।
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले आजबाट आयोजना गरेको ट्राइ नेसन्स सिरिज अन्तर्गत शनिबार हुने पहिलो खेलमा आयोजक नेपालले नेदरल्यान्ड्ससँग खेल्ने छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने उद्घाटन खेलमा घरेलु टोलीमाझ नेदरल्यान्ड्सले खेल्न लागेको हो।

टी–२० क्रिकेटमा नेदरल्यान्ड्स निकै बलियो टिम हो। उसलाई हराउन नेपाललाई ठूलो चुनौती हुनेछ। तर, लामो समयसम्म क्रिकेट प्रतियोगिता नभएपछि दुवै देशका राष्ट्रिय टिमको लय कस्तो छ त्यो थाहा पाउन खेल नै पर्खनुपर्ने हुन्छ।

नेपालले पछिल्लो टी–२० मा राम्रो प्रदर्शन गर्न सकेको छैन। २०७६ को फागुनमा थाइल्यान्डमा सम्पन्न इस्टर्न रिजन प्रतियोगितामा नेपालले तीन हार र एक जित निकालेको थियो।

नेपालले कमजोर थाइल्यान्डलाई हराउँदै सिंगापुर, हङकङ र मलेसियासँग हार बेहोरेको थियो। त्यसैले अहिले जित निकाल्दै आफूलाई साबित गर्ने अवसर नेपाललाई प्राप्त भएको छ।

यता पछिल्ला पाँच खेलमा नेपाल र नेदरल्यान्ड्सले बराबरी खेलेका छन्। एक खेल नतिजा ननिस्किएपछि नेपाल र नेदरल्यान्ड्सले समान २–२ जित निकालेका हुन्।

२०१५ को जुलाईमा भएका दुई खेलमा नेपाललाई हराएको नेदरल्यान्ड्सले त्यसपछि दुई हार बेहोरेको छ। नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपालले लगातार दुई खेल हारेर तेस्रो खेलमा जित निकालेको थियो।

तर, २०१८ मा भएको एक खेल भने नतिजाविहीन बन्यो। पछिल्ला पाँच खेलमध्येको पछिल्लो खेल ओमानमा भएको थियो। ओमान पेन्टागुलर सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई चार विकेटले हराएको थियो।

आजको खेल दिउँसो सवा २ बजेबाट सुरु हुनेछ।

आजबाट सुरु हुने प्रतियोगिता अप्रिल २४ मा सकिने छ। सो दिन हुने फाइनल खेलमा लिग चरणका विजेताले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Apr 17, 2021| 02:07 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।