शुक्रबार, असार २६, २०८३

आईपीएलमा चेन्नई सुपर किंग्सको पहिलो जित

इन्डियन प्रिमियर लिग आईपीएलमा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले पहिलो जित निकालेको छ।
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

काठमाडौं - इन्डियन प्रिमियर लिग आईपीएलमा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले पहिलो जित निकालेको छ।

जारी सिजनको पहिलो खेलमा पराजित चेन्नईले दोस्रो खेलमा पञ्जाब किंग्सलाई ६ विकेटले हराउँदै जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले कमजोर सुरुआत गर्दै १९ रनमा चौथो विकेट गुमाइसकेको थियो। यसकारण उसले पूरा ओभर खेल्दै आठ विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो।

भरपर्दा ब्याट्सम्यान मयंक अग्रवाल, केएल राहुल, क्रिस गेल र निकोलस पुराले सम्झनलायक प्रदर्शन नगरेपछि छैटौं नम्बरमा मैदान छिरेका साहरुख खानले सर्वाधिक ४७ रनको योगदान दिएका थिए।

यता चेन्नईका लागि दीपक चहरले सर्वाधिक चार विकेट लिए भने साम कुरन, माइन अली र ड्वेन ब्राभोले समान १–१ विकेट गिराए।

१०७ रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको चेन्नईले १५ ओभर चार बलमै चार विकेट गुमाएर लक्ष्य भेट्टायो।

लक्ष्य प्राप्त गर्ने क्रममा फाफ डू प्लेसिस र मोइन अलीको जोडी जमेपछि चेन्नईलाई जित निकाल्न साह्रो भएन। उनीहरूले ६६ रनको साझेदारी गर्दै टिमलाई ९० रनसम्म डोर्‍याए।

व्यक्तिगततर्फ अलीले ४६ रन बनाए भने प्लेसिसले ३६ रन जोडे। त्यसपछि मैदान छिरेका सुरेस रैना पेवेलियन फर्किएपछि डु प्लेसिस र साम कुरनले बाँकी खेल पूरा गरे।

पञ्जाबका लागि मोहम्मद शामीले दुई विकेट लिए भने अर्षदिन सिंह र मुरुगन अश्विनले समान १–१ विकेट गिराए।

यससँगै आईपीएलमा दोस्रो चरण पूरा भएको छ। अहिलेसम्मको तालिकाअनुसार हैदरावादले खाता खोल्न सकेको छैन भने बैंगलोरको चार अंक छ। बाँकी सबै टिमको समान २–२ अंक छ।

प्रकाशित: Apr 17, 2021| 01:52 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।